इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसका लागि मात्र नभई सिंगो इटहरी क्षेत्रको लागि चर्चित र लोकप्रिय नाम हो डा. गीता अधिकारी (सञ्जु) । २०२५ कात्तिक ७ गते पश्चिम डोटीमा जन्मिएकी अधिकारी सानो उमेरमा चन्चले थिईन् । धरानमा कक्षा ६ सम्म पढेकी उनले ७ कक्षादेखि एसएलसी सम्म मोरङको साजीलाल माविमा अध्ययन गरिन् भने कक्षा ११ र १२ उनले काठमाडौँमा अध्ययन गरिन् ।
‘मेरो बुवाकै कारण मैले आफ्नो करियरलाई यत्तिको बनाएको हुँ,’ अधिकारी भन्छिन्, ‘मैले ब्याचलर दोस्रो बर्ष अध्ययन गर्दै गर्दा विवाह गरेको हुँ ।’ उनले विवाह गर्दा आफूँले पढ्न पाउँनुपर्ने र जागिर खान पाउँनुपर्ने सर्तमा विवाह गरेको सुनाईन् । ‘मैले स्नातक पोल्टिकल साइन्स लिएर पढेँ,’ उनी टाकुरासँग भन्छिन्, ‘तीन वटा बिषयमा डिग्री उत्तिर्ण गरेकी छु ।’ अधिकारीले पोल्टिकल साइन्स, सोसोलोजी र एमएड बिषयमा डिग्री गरेकी छिन् । उनले आफूँलाई जन्मदिने पिता प्रेम प्रसाद अधिकारी र माता सीता अधिकारीको प्रेरणा र मार्गनिर्देशले गर्दा अहिले शिक्षा क्षेत्रमा सफल हुँदै गएको सुनाईन् ।
अधिकारीले आँफूहरुको समकालीनमा वालविवाह हुने गरेको र आँफूले भने १९ बर्षमै विवाह गरेको बताउँदै वालविवाह निर्मूल पार्नका लागि विभिन्न अभियान सञ्चालन गरेको बताईन् । विवाह पछाडि आफ्नो अध्ययनमा असर परेको भएपनि आफ्नो अदम्य साहस र हिम्मतले नै अहिले उनी नामको अगाडि डाक्टर लेखाउँन सफल भएको अनुभव सुनाउँछिन् ।
‘घर नजिकै जोगी बस्ने ठाउँ थियो, घरमा नपढ्दा बुवा आमाले तलाईँ जोगीसँग पठाइदिन्छु भन्दा म खाटमुनि लुकेर पढथेँ,’ उनले आफ्नो बालापन सम्झदैँ भनिन् । उनले आँफूहरुको पाँचजना टिम रहेको र एसएलसी दिएको समयमा फट्याईँ गरेको कुरा भुल्न सकेकी छैनन् । २०५६ आश्विन २ गतेदेखि इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएकी छिन् । इटहरी लेडी जेसीज २००५ को अध्यक्ष, लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडी चार्टर प्रेसिडेन्ट, रेडक्रस लगायतका संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ । २०६७ सालदेखि जनता बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेकी उनले केही महिना अगाडि मात्रै विद्याबारिधी गरी आफ्नो नामको अगाडि डाक्टर लेखाएकी छिन् । ‘रोल अफ हेड टिचर्स इन द म्यानेजम्यान्ट अफ एजुकेशन इन रिफ्रेन्स टु इन्फरमेशन सिस्टम’ बिषयमा स्वामी विवेकानन्द विश्वविद्यालय सागर मध्ये प्रदेशबाट अधिकारीले विद्याबारिधी गरेकी हुन् ।
‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएकी छुँ,’ उनी भन्छिन्, ‘जीवनमा अरु थुप्रै रिसर्च र सामाजिक काम गर्न बाँकी छ ।’ उनले आफ्नी सासु अम्बिका पौडेल र पति बिमल पौडेललाई यसको श्रेय दिने बताईन् । ‘उहाँहरुले बुहारी र पत्निका लागि आँफूले नपढेरै पनि पढाउँने साहस गर्नुभयो त्यो प्रति म नतमस्तक छु ।’ उनी भन्छिन् । पछिल्लो समय महिलाहरु नारी दिवसको नाममा पाँचतारे होटलमा बसेर समानताको कुरा गर्ने र पीडित र समाजबाटै तिरष्कृत भएका महिलाहरु पिछाडि पर्दै गएको उनको बुझाई छ । ‘महिलाहरु आफैँलाई कमजोर देखाईरहेका छन्,’ उनी भन्छिन् । अहिले पनि समाजमा गरिबी, विपन्न, लगायत समाजमा पढ्न नपाएका महिलाहरुको अनुहार आँफूले नियालेको उनको तर्क छ । ‘आगामी दिनमा बलात्कार, सम्बन्ध बिच्छेद र यौनकर्मीको बारेमा रिसचै तयार गर्न मन छ,’ उनले भनिन् । अधिकारी युवा नारीहरुका लागि मात्रै नभई आम इटहरीबासीको उदाहरणीय पात्रका रुपमा उदाउँन सफल भएकी छिन् ।
उनी इटहरीकी गौरबको रुपमा परिचित छिन् । इटहरीमा महिलाहरुका विद्याबारिधी गरेकी दोस्रो व्यक्तिमा अधिकारीको नाम आउँछ । आगामी दिनमा अधिकारीजस्ता महिलाहरुले वर्तमान महिलाहरुमा देखिएका समस्या र त्यसको समाधानका निम्ति बहस गर्न आवश्यक रहेको छ ।
सोलुखुम्बुको पाङबोचे गाउँ
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित माथिल्लो पाङबोचे गाउँ । सगरमाथा आधार शिविर जाने मार्गमा रहेको सो गाउँमा हाल परम्परागत घरहरू...
Discussion about this post