Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डे भन्छन् – कोरोना संक्रमणको आयु यसकारण घटिरहेको छ

डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य बिज्ञ)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २, २०७७
in विचार, विविध, समाचार
0
जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डे भन्छन् – कोरोना संक्रमणको आयु यसकारण घटिरहेको छ
333
SHARES
Share on FacebookShare on Twitter

कोरोना संक्रमणको विश्ब्यापी महामारी तथा सुचनाको महामारीको कारण संसारभर यसको त्रास छ | यसको फैलाबाट तीब्र भएपनि कोरोना कमजोर भाइरस हो | हामीले तथ्य बुझ्यौं भने यो संक्रमणबाट डराउनु पर्दैन | केवल सतर्क भए पुग्दछ | यसको लागि केहि तथ्य उल्लेख गरेको छु |
• – कोरोना भाइरसबाट संक्रमित १९४६४३७ मध्ये १२१७०९ को मृत्यु भएको छ | यो २.३ % हो | जबकी मर्सको मृत्युदर ३४ %, सार्सको ११ % र इबोला संक्रमणको ५१ % मृत्युदर थियो |
• बालबालिकाको मृत्युदर निकै कम छ | तसर्थ बुवाआमाहरु चिन्तित हुनु पर्दैन |
• चीनको बुहानमा ७६ दिनपछि लक डाउन खुल्यो | अहिले चीनमा कोरोना संक्रमण लगभग नियन्त्रणमा आयो | अहिले युरोप र अमेरिकाम पनि नयाँ संक्रमितको संख्या घटिरहेको छ | दक्षिण एसिया र अफ्रिकामा पिकमा आउन बाँकी छ | यो तथ्यले ले भन्छ भने कोरोना संक्रमणको पनि आयु छ | कोरोना भाइरसको मुहान सुक्न लागेको, आयातित भाइरस क्रमशः कमजोर हुँदै गएको तथा संसारभर लक डाउनदेखि टेस्ट, क्वारेन्टाइन, आइसोलेसन आदिको कारण भाइरस संक्रमण अब निश्चित पकेटमा सिमित हुँदै हट्दै जाने विश्वास लिइएको छ |
• अमेरिकाको Abbott प्रयोगशालाले ५ मिनेटमा परिणाम दिने परिक्षणको बिकास गरेको छ | त्यस्तै धेरै देशले ५ मिनेटदेखि १ घन्टामा रिपोर्ट आउने परिक्षण विधिको बिकास गरेका छन् | जसले गर्दा रोग छिटो पत्ता लागेर संक्रमितलाई आइसोलेसनमा राख्ने काम भइरहेको छ |
• यसभन्दा पहिले फैलिएका सार्स तथा मर्स पनि कोरोना संक्रमण नै थिए | ती रोग नियन्त्रण गर्न प्रयोग गरिएका एन्टी भाइरल औषधि, मलेरियाको औषधि तथा एन्टिबायोटिक नोबेल कोरोना भाइरस संक्रमणमा पनि निकै प्रभाबकारी देखिएका छन् |
• भिटामिन सि, भिटामिन डी तथा जिंक सप्लिमेन्ट कोरोना संक्रमणमा प्रतिरोधी देखिएको छ | जुन बजारमा उपलब्ध छ |
• प्राय : सबै नेपालीले बिसिजी खोप लगाएका छौं, जुकाको औषधि नियमित खाने गरेका छौं, पोलियो सुई वा थोपाको प्रयोग गरेका छौं तथा बिभिन्न रुघाखोकीको इम्युन छौं | हाम्रो आहारविहार , आचार तथा ब्यबहार रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको छ | तसर्थ हामी थप सुरक्षित छौं |
• इन्टरनेटको पहुँचको कारण संसारभरका सफलताका कथा, तरिका तथा उपाय थाहा भइरहेको छ | जसले गर्दा सामाजिक दुरी मात्र हैन सामाजिक तथा मेडिकल कनेक्सन पनि बढाएको छ | आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका व्यक्तिसंग प्रविधिको सहायताले कुराकानी तथा देखभेट भएको छ | यसले चिन्ताको स्तर निकै घटाएको छ |
• लक डाउनको कारण प्रदुषण स्तर न्यून भएको छ | यसकारण पनि रोग प्रतिरोधात्मक क्षमता बढिरहेको छ | ताजा घरेलु खानपिन, आराम तथा भागदौडमुक्त जीवनशैलीले थप निरोगी बनाएको छ |
• चीन, इटली, भारत लगायत देशमा ८०- १०३ बर्षका दीर्घरोगी संक्रमित निको भएर फर्किएका छन् | यस्ता उदाहरण हरेक अति संक्रमित देशमा उपलब्ध छन् |
• चीन र जापानका चिकित्सकले निको भएका संक्रमितको प्लाज्मा नयाँ संक्रमितलाई दिएर उनीहरुको इम्युनिटी बुस्ट गरिरहेका छन् | यो स्थापित बिधि नै हो |
• भबिष्यमा यस्ता अन्य महामारी भएमा संसार सजग भएको छ | यसले गर्दा आगामी महामारी छिटो नियन्त्रणमा आउनेछ | हरेक महामारीले ठूलो पाठ सिकाएका हुन्छन् | हामीले हाम्रो सोंच, ब्यबहार , जीवनशैली, परिवारको महत्व आदिलाई यो महामारीले सकारात्मक परिवर्तन गर्नेछ |
• बिकसित देशको ठूलो बजेट र बैज्ञानिकहरु कोरोना संक्रमणबिरुद्ध खोप तथा औषधिको लागि खटिरहेका छन् | बिभिन्न देशमा खोपको मानवमा परिक्षण सुरु गरिएको छ | उक्त खोपको प्रतिक्रिया अध्ययन भइरहेको छ | चीन, कोरिया, सिंगापुर, जापान, भारत, इजरायल, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अमेरिका, क्यानडा लगायतका देश छिट्टै खोप प्रमाणित गर्न अग्रसर छन् |
• होम क्वारेन्टाइन तथा होम आइसोलेसन बिभिन्न देशमा चलिरहेको छ | यसबाट अस्पताल बस्नुपर्ने तनाब निकै कम भएको छ |
• हरेक देशमा स्वयंसेवी भएर काम गर्न अधिकांश युवा तयार छन् |
• स्वास्थ्यकर्मीहरु बिदामा नबसेर तथा लगातार ड्युटीमा रहेर लाखौँ संक्रमितलाई सेवा दिइरहेका छन् |
. कोरोना संक्रमणमा सहयोग गर्न चीन, क्युबा लगायतको टोली इटालीमा परिचालित छ, फ्रेन्च तथा स्पेनिश संक्रमितलाई एयर चार्टर गरेर जर्मनी तथा अस्ट्रियामा ल्याइएको छ | यस्ता उदाहरण अहिले विश्वभरी पाइन्छ |
.विपदको समयमा सरकारी, गैह्रसरकारी निकाय, पेशागत समुह, ब्यबसायी, कलाकार, खेलाडी आदिले सहयोग गर्ने, सरकारले निशुल्क परिक्षण तथा उपचार गर्ने जस्ता सकारात्मक पक्षको बिकास भएको छ | त्यस्तै आफ्नो आर्थिक स्तर अनुसार राष्ट्रले राहत कार्यक्रम ल्याएर जनतालाई बचाउँछन् भन्ने सन्देश दिएका छन् |

( स्रोत: बिभिन्न आधिकारिक रिपोर्ट )

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

मोरङ : मोरङमा शनिबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारीमा धानखेतको जमेको पानीमा एक वृद्धको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

साउन ३०, २०८३
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.