Monday, April 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

महोदय ! आफ्नो शरीर भन्दा ठूलो पैसा हो र ?

विशाल रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०७७
in टाकुरा विशेष, विचार
0
लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !
507
SHARES
Share on FacebookShare on Twitter

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेश आनन्दी मनले ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको यो पंक्ति कालजयी छ । उनले भनेको वाक्य अहिलेको बिषम् परिस्थितिमा वास्तविक साबित भएको छ । किननि, जति सम्पति भएपनि अहिले जम्माजम्मी बाँच्नु मात्र अन्तिम सत्य जस्तै भएको छ । अहिलेको परिस्थितिले बाँच्नु र खानु मात्र सत्य झैँ बनाएको स्थिति छ ।
मानिसको असिमित इच्छा आकाक्षां परिपूर्ति गर्ने माध्यम भनेको नै पैसा हो । हरेक क्षेत्र शिक्षा स्वास्थ्य राज्य सन्चालन र विकास निमार्णका महत्वपुर्ण कार्य गर्न पैसाको आवश्यकता पर्दछ ।
चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा कोरोना भाइरस अहिले संसारभर फैलिएको छ । र, अहिले विश्वका सबै देशमा कोरोना भाइरस फैलिएर जनजीवन अस्तव्यस्त बनेको छ । अमेरिका, इटाली, फ्रान्स, चीन, स्पेन जस्ता ठूला अर्थतन्त्र र शक्तिशाली राष्ट्रमा समेत कुनै औषधी पत्ता लाग्न नसकेर धेरै मानवीय क्षती बेहोरिरहेको छ । रोगको व्यापकता भने दिनप्रतिदिन फैलिरहेको छ । रोगको समाधानका लागि अहिलेसम्म कुनै पनि खोप औषधी आविष्कार भएको छैन । जबसम्म रोग निरोधात्मकको लागि खोप औषधीको आविष्कार बन्दैन त्यसबेला सम्म हामी आफैँ सचेत रहेर बस्नुपर्ने हुन्छ ।
यो अवस्थामा गरिबिको पहाड चुलिएको छ । देशको अर्थतन्त्र डामाडोल भएर अति विकशित देश ओरालो लागिरहेका छन् । विश्वमा धेरै देशमा रोग देखा पर्ने बित्तिकै बाट लकडाउन जारी छ । नेपालमा पनि महिना दिनदेखि लकडाउनको अवस्थामा सिज्रित रहेको छ । अझ यो कति समय सम्म जारी हुने हो टुङ्गो छैन । स्वास्थ्य मानिसको शारीरिक मानसिक संवेगात्मक सामाजिक सुस्थितिको अवस्था हो । अहिले यो विषम् परिस्थितिमा स्वास्थ्य भन्दा ठूलो पैसा हुँदै होइन यो बेला त हामी आफँै सचेत बनेर बस्नुपर्ने हुन्छ ।
स्वास्थ्य नै धन हो भन्ने भनाइलाइ आत्मसाथ गरी यो अवस्थामा हामी आफै सचेत रहनुपर्ने देखिन्छ । जबसम्म हाम्रो स्वास्थ्य अवस्था स्वस्थ्य हुँदैन तबसम्म चाहेर पनि केहि गर्न सक्दैनौ । यो बेलामा हामी आफैँ सचेत बनेर घरमा बस्दा नै रोगको महामारी चाडोँ भन्दा चाडोँ सकिएर जान्छ । तर, हामी मूर्ख बनेर असुरक्षित स्थानमा हिड्ने धेरै जसो पैसाको पछि दगुर्ने गर्नाले स्वास्थ्य अवस्था नाजुक बन्ने मात्रै होइन ज्यान जाने समेत खतरा छ । रोगले ग्रसित भइसकेपछि जति पैसा खर्च गर्दा समेत रोगलाई निमुर्ल पार्न सकिदैन भने धरै पैसा भएर के काम ?
नेपालमा मूर्खता अबुझ भएकाले यो लेखिरहँदा सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । यसमध्ये ९ जना पूर्ण रुपमा निको भएर गइसकेका छन् । यस्तै कुनै पनि कुराको हेक्का नराख्ने हो भने घट्ने होइन धेरै बढ्ने निश्चित रहेको छ । यो समय रोगलाई हेल्चेक्रराइ नगरी घरमा नै बसेर केहि नभए नून–पानी घोलेर खोले घोलेर खाएर घरमा नै बस्नुपर्छ । यो बेला मीठो खाने, राम्रो लाउने रमणीय ठाउँ घुम्ने कल्पना गर्नु भन्दा पनि कसरी बाँच्ने भन्ने तर्फ सोच्न आवश्यक छ ।
यो बेला नि यसरी मुखर्ता गर्ने हो भने रोगको सङ्क्रमण धेरै बढ्ने निश्चित देखिन्छ । आजका दिनमा जति हामी स्वास्थ्य रह्यौँ, भोलिका दिनमा महामारीका कारण शरीर कमजोर बन्न सक्छ । शरीर रहेमा पैसा कमाउँन ठूलो कुरा छैन । यो बिषम् परिस्थितिमा पनि अहिले ठगी गर्ने मौलाइरहेका छन्, बिचौलियाहरु हावी भईरहेको कुरा तपाईँ, हाम्रो आँखा अगाडि नै छ । जबसम्म हामीले स्वस्थ शरीरको वास्तविक मूल्य थाहा पाउँन सक्दैनौँ, तबसम्म हामीले जीवनको मूल्य बुझ्न कठीन छ ।
स्वास्थ्य नै मानिसको जीवनको प्रमुख आधारशीला हो । रोग निमूर्ल पार्न, उच्च शिक्षा हाँसिल गर्न या विकास निमार्णका महत्वपूर्ण कार्य गर्न पैसाको आवश्यक छ ।
पैसाले धेरैको जीवन बचाउँने र मार्ने समेत गर्दछ । एउटा टुक्का छ नि ? एउटा बालक गरिबिले गर्दा सधँै पैसाको मात्र सपना देख्दछ । र, एकदिन बिपनामा एउटा कोट पाउँछ र जति गोजिमा हात लगाउँछ त्यति धेरै पैसा प्राप्त गर्दछ । उसले पुरै मोजमस्तिको जीवन यापन गर्दछ । पछि सत्रु लागेर झण्डै ज्यान समेत जान्छ अनि अाँफूले पाएको कोट खोलामा मिल्काएर साधारण जीवन नै ठीक हो भनेर सचेत रहन्छ । अहिले हामी आफैँ सुरक्षित भएर सरकारलाई सहयोग गरेर बस्नुपर्दछ । धेरैलाई आफ्नो दैनिकि चलाउँन धेरै समस्या भइरहेको छ । यस्तो बेला गरिब विपन्न लाइ राहत वितरणमा प्रभावकारी हाँसिल गर्दै स्वास्थ्य रहन सल्लाह दिनुपर्दछ ।
विश्वमा मानिसको मूखर्ता अचेतना धेरै भएकाले अहिले शुक्ष्म भाइरसको उत्पति भएर विश्वलाइ त्राहि–त्राहि बनाइरहेको छ । यो समय पनि बेलैमा हामी चेतनशील बन्न नसकेमा धेरै जनसङ्ख्या मृत्युको भूमरीमा पर्ने निश्चित देखिन्छ । जति खोज अन्वेषण गर्दा पनि अहिले सम्म रोगलाइ निर्मूल पार्न कुनै खोप औषाधीको विकास भएको छैन । हामी चेतनशील बनेर पैसा नै सबैथोक हो भन्ने भावना हटाएर स्वास्थ्य रहन आवश्यक देखिन्छ ।
धेरैलाइ भ्रम छ कोभिड–१९ ले केहि पनि गर्दैन । हामी सुरक्षित छौँ, भनेर बाहिर हिड्ने बानी त्याग्नुपर्दछ । जो कोहि पनि सङ्क्रमण भएको धेरै लामो समय पश्चात मात्रै रोग लागेको पत्ता लाग्दछ ।

अहिलेको महामारीमा अाँफू र आफ्नो परिवारलाई रोगबाट बचाउँनु नै राम्रो हुन्छ । धेरैको अति आधारभूत आवश्यकता पूर्ति गर्नका लागि पैसाको खोजीमा निस्कने गर्दछन् । धेरै अटेरी गरेर मन तृप्त पार्नका लागि पैसा कमाउन लाग्दछन् । सबैलाई पैसाको सधैँ आवश्यक पर्दछ । कसैलाई पनि कहिले पूर्ण हुँदैन । त्यसकारण हामी आफैँ आफ्नै स्वास्थ्यको लागि बेलैमा सचेत बन्न सकेमा भलो हुनेछ । अन्त्यमा, महोदय ! यो बिषम् परिस्थितिमा पनि आफ्नो शरीर भन्दा ठूलो कुरा पैसा हो र ?

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन पसलको आवरणमा ठगी :  दुई सय ५० परिवारको भविष्य संकटमा
टाकुरा विशेष

सुन पसलको आवरणमा ठगी : दुई सय ५० परिवारको भविष्य संकटमा

by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०८२
0

विराटनगर : मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलबाट ठगिएका दुई सय ५० जनाभन्दा बढी सर्वसाधारणको हातमा अहिले...

कोशीको पर्यटन सीमित समूहको कब्जामा, मौलिकता हराउँदै
टाकुरा विशेष

कोशीको पर्यटन सीमित समूहको कब्जामा, मौलिकता हराउँदै

by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०८२
0

इटहरी : कोशी प्रदेशको पर्यटन क्षेत्र दीर्घकालदेखि सीमित व्यक्तिहरूको नियन्त्रणमा रहेको भन्दै इटहरी निवासी मूर्तिकार विक्रम श्रीले असन्तुष्टि व्यक्त गरेका...

इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

चैत्र २०, २०८२
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२
यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया

यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया

चैत्र १८, २०८२
उच्च अदालत विराटनगरद्धारा ६० प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट

परमादेशपछि दुहवीका छाला उद्योगमाथि कडाइ, स्वच्छ वातावरण सुनिश्चित गर्न उच्च अदालतको आदेश

चैत्र १७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम

खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन

चैत्र २९, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापा : तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चैत्र २९, २०८२
हुलाकी राजमार्ग नबनेपछि प्रदेशसभा सदस्य भीम पराजुलीद्धारा आमरण अनशन बस्ने घोषणा

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौती’ : मन्त्री पराजुली

चैत्र २९, २०८२
विराट गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

विराट गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

चैत्र २९, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1103 shares
    Share 441 Tweet 276
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    368 shares
    Share 147 Tweet 92
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    216 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.