Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

चेतनाका कुरा

पीताम्बर घिमिरे by पीताम्बर घिमिरे
अशोज १, २०८२
in विचार
0
चेतनाका कुरा
65
SHARES
Share on FacebookShare on Twitter

सकारात्मक सोचको परिणाम जहिले नि सुखद हुन्छ । हामी सबै–सबै असल बन्ने बाटोमा प्रयासरत छौँ । तर, पनि असल वन्न सकिरहेका छैनौँ । यो मेरो व्यक्तिगत मनको भनाई हो ।

यस्तै–यस्तै भनाई तपाइँको पनि हुनसक्छ । सोचाइ हुनसक्छ । आ–आफ्नो ठाउँबाट सवै सवैले असल बन्ने प्रयासमा प्रयत्नरत भईरहँदा हामी त असल बन्छौँ नै हाम्रो देश नेपाल पनि ‘सुन्दर शान्त विशाल बन्छ ।’

विद्यालयले एक हजार किलोवार्डको सौर्यउर्जा योजना प्राप्तिमा मेरो पनि सानो भूमिका रह्यो । मन–मनै खुसी लागिरहेको थियो । खोटाङ जिल्लाको सुदूरपश्चिममा एउटा प्रस्तावित आधारभूत विद्यालय छ ।

हलेसी तुवाचुङ न.पा ५ दुर्छिममा श्री लक्ष्मी धनध्यान्यको नाम हो । तथापि, यहाँ विद्यालयको नाम पुर्खाहरुले राख्नुभएको हुनसक्छ । योजना सम्झौता गर्न व्यवस्थापन समितिले मलाई सिफारिस गरेपनि योजना समापन गर्न प्र.अ लगायत व्यवस्थापन समितिको उल्लेख्य भूमिका रह्यो ।

दिएको जिम्मेवारी वहन गर्नु सबै कर्मचारीको दायित्व हुन्छ नै । सोही अनुसार सम्वन्धित कार्यालय ललितपुरको खुमल्टारको लागि २०७६ माध २८ गते विहान ४ वजे नै मैले कोठाबाट प्रस्थान गरेँ ।

सोही दिन मेरी माईली छोरी तारा, ज्वाइँ भरत र नाती आरभ डि.भी भिसामा अमेरिका जान त्रिभुुवन विमानस्थलमा विदाइको लागि सहभागी बन्न संयोग मन मनै दंग थिएँ । राम्रो उज्यालो भुँइमा खसेकै थिएन । गाउँमा सवै मस्त निद्रामा थिए । मैले मोवाइलको टर्च अन गरेंं र लमक लमक आफ्नो बाटो तिर लागें ा घर वेटी सँग बेलुका नै सल्लाह भैसकेको थियो ।

सुनसान वातावरणलाई चिर्दै तल्लाघरमा कुकुर भुकिनैरहेको थियो । राति अबेरसम्म कोठामा गफ गाफमा भुलियो । निद्रा नि नपुगेझैँ आँखा अप्ठ्यारो भएको अनुभव भैरहेको थियो । गाँउको सिरानमा एउटा धारो छ । चौतारो छ । अनि चौतारोलाई सोभायमान वनाउने वर पिपलको छहारी छ ।

त्यहाँ पुगेर मुख धोएर अलिकति पानी पिउने मन थियो तर त्यसै दिन धारामा पानी रहेनछ । विहान ७ वजे नै च्यास्मिटार पुग्न सकेमा छिटै गन्तव्यमा पुग्न सकिने कुराले मलाई हौसला प्रदान गरेको थियो । बेलुका नै मैले टाटा सुमोको टिकट मिलाई दिन काउन्टरमा फोन गरेको थिएँ ।

समयमै म त्यहाँ पुगेँ । यात्रा रमणीय भयो । पट्यार लाग्दो भएन । मनोरम दृश्यावलोकन अनि मीठा मीठा गीत रसास्वादन सँगै काठमाण्डौ भ्याली पुगेको थाहै भएन । साँझ ५ बजे भक्तपुर भाट भटेनी पुगेर कान्छो भाइलाई फोन गरेँ । केही समय पछि भाइसँग भेट भयो । अनि भाइको घर पुगियो ।बेलुका कान्छो छोरासँग त्यहीँ भेट हुने सल्लाह थियो । हामी वावु, छोरा, छोरी ज्वाईँको विदाइमा जाने भयौँ ।

ट्याक्सी बोलाएर हामी राती १० त्रिभुवन बिमानस्थल पुग्यौँ । ११ बजे टिकट रुजु भयो । अनि हामी एक आपसमा विदाइका हात हल्लाउने समय भयो । विदाइमा मन धमिलो भयो । मन मनै भोलीको सुखद भविष्यको आशीर्वाद दिँदै हामी सोही ट्याक्सीमा भाइको घर राती १२ः३० मा आइपुग्यौँ र सुत्यौँ । पूर्व आयोजित मेरो कार्यक्रम अनुसार माघ २९ मा विद्यालयको काम लिएर खुमल्टार जानु थियो ।

कहिले नगएको ठाउँ भएकाले ट्याक्सीमा जानुपर्ने बाध्यता थियो त्यसै गरियो । उहाँ पुगेपछि केही कागज अपुग भएको थाहा भयो । नेटबाट उक्त कागज बनाएर पठाइदिन वडा अध्यक्षज्यूलाई अनुरोध मोवाइलबाट गरियो । आवश्यक सहयोग रविन राउत भाइले गर्नुभयो । फ्याक्सबाट कागज आएपछि उक्त काम सम्पन्न भयो । भाइलाई मेरो र विद्यालयकै तर्फबाट धेरै धेरै धन्यवाद दिएँ ।

काम सकिएपछि फर्किएर म रत्नपार्क पुगेको थिएँ । विशालबजारको रा.बा. बैँकमा मेरो भाइ शिव थियो । भाइलाई बेलुका ५ बजेपछि वीर अस्पतालको अगाडि भेट्ने सल्लाह थियो । काठमाण्डौँ शहर धुलो र धुवाँले पुरै नुहाएको थियो । मानिसहरुको अनुहारभरि स्वदेशी पाउडर पोतिएको थियो ।

मानिसहरू यत्र–तत्र छरपट्ट थिए । सबै हतारमा कुदाकुद ठेलमठेल थियो । म पनि बाटो पार गर्ने सोचमा थिएँ । सडकभरि मोटरकार, मोटरसाइकल नदी बगेझैँ थिए । नदी त एकापटी बग्दछ तर यो सडक त दोहोरो बग्दछ । बाबै ! अलिकति गल्ती भयो कि ज्यान जाने खतरा । करिव १० मिनेट प्रतीक्षा गर्दा नि मैले सडक पार गर्ने निकास निकाल्न सकिन । अलि पर आकाशे पुल थियो । त्यतैबाट पो पार गर्नुप¥यो ।

यो जेब्राक्रस मेरो लागि आज सम्भव भएन । म अघि बढेँ । सडक पेटीमा पनि मानिसहरु न अटेर पोखिन लागेझैँ थिए । म उनीहरुसँग नठोकिने प्रयासमा पुलतर्फ जाँदै थिएँ । मेरो अगाडि रत्नपार्कको मूल ढोका थियो । त्यहाँ ट्राफिक प्रहरी अनि विदेशी जस्ता देखिने एक जना स्वयंसेवक हातमा नेपालको सानो झण्डा हल्लाउँदै सडकबाट बाटो काट्ने मानिसहरुलाई पुलबाट पार गर्नुहोस् भन्दै रोकेर म जानलागेको पुलतिर पठाउँदै थिए ।

मैले अचम्म मानेर ती विदेशी जस्ता देखिने मानिस तिर हेर्दै नेपाली ट्रफिक प्रहरीसँग सोधेँ । उहाँ पनि नेपाली हो ? ट्राफिक प्रहरीले भन्नुभयो हैन । उहाँ जापानिज स्वयंसेवक मलाई अब झन लाज लागेर आयो । मैले छाँगाबाट तल तल धेरै तल खसेको सम्झेँ ।

हामी नेपाली सम्झेँ । हाम्रो चेतनास्तर सम्झेँ । अनि सम्झेँ जापानबाट स्वयंसेवकको रुपमा आएको एउटा विदेशी पाहुना हामी नेपालीलाई सडक पार गर्न आकाशे पुल प्रयोग गर्न सिकाउँदै छ ।

अव उसले आफ्नो देशमा गएर के भन्ने होला ? जापानिज सामान्य नेपाली बुझ्नुहुदो रहेछ । मेरो चासोले खुशी व्यक्त गर्नुुभयो । कुनैपनि मान्छे पदमा रहनु एउटा कुरा अनि कर्तव्य परायण वनी दायित्व वहन गर्नु अर्को कुरा । मैले आफ्नो पेशा सम्झेँ ।

घरि घरि त दिक्क लागेर आउँछ राज्यले सम्मानजनक सम्बोधन गर्ने अवस्था कहिले आउँछ? भनेर । हुन त हामी पनि राजनैतिक दलहरूका हनमेर्नु बनेकाहरू पनि नभएका हैनौँ । उनीहरूका काँधमा चढेर अराजक गतिविधि गरी समाजमा विकृति फैलाएको कुरा विगतका घटना परिघटनाले पुष्टि गर्दै आएका छन् ।

बाटो अगाडि हिँड्ने क्रममा मैले सडकका छेउ छाउमा फालिएका फोहोरहरु देखेँ । फलफूलका बोक्राहरू यत्र तत्र विर्सजन गरेको भेटियो । विदेशमा त सडकमा थुक्दा समेत जरिवाना हुन्छ भन्ने सुनेको थिएँ । हामीहरू कहिले कुन समयसम्म सु–सभ्य बन्ने ? हाम्रो चेतनास्तर सम्झेर खिन्न बनेँ ।

सडकपार गर्दा पनि दाउ छोपेर नियम विपरित पार गर्ने पथिकहरु पनि बाक्लै देखेँ । यस्तै हुँदा त बेला बेला दुर्घटनामा परिने हो नि । आफ्नै ज्यान जोखिममा पर्ने काम हामी आफैँले गरि नै रहेका छौँ । हामी अधिकाँश नेपालीहरु विहान बेलुका हानमुख जोड्ने समस्यामा नै छौँ ।

दैनिक ज्याला मजदुरीको आम्दानीले आफ्ना समस्या समाधान गर्न बाध्य छौँ । आधारभूत आवश्यकता परिपुर्ति गर्न नै धौै धौ बन्ने अवस्था छ । यो र यस्ता समस्याले प्रताडित नेपाली समाज कहिले माथि उक्सन्छ ?यो महत्वपूर्ण प्रश्नले सरोकारवालाको ध्यानाकर्षण गर्न सकोस् । त्यसो त नेपाल गणतन्त्रमा प्रवेश गरे यता यातायात र संचारमा सन्तोषजनक रुपमा प्रगति नभएनि तुलनात्मक रुपमा केही प्रगति नभएको भन्ने हैन ।

यो सुखद कुरा हो । शिक्षा स्वास्थ्यको अवस्था भने नाजुक नैै छ । साधारण उपचार पनि नपाउने समुदाय नेपालका दुर दराजमा वसोवास गर्ने नेपालीहरु प्रसस्तै छौँ । अन्यत्र खपत हुन नसकेको जनशक्तिले शिक्षा क्षेत्र हाँकेको छ । त्यसैले शिक्षा क्षेत्रको दिनानुदिन खस्कदो अवस्था छ ।

हुँदा खाने र हुने खाने नेपालीले लिने शिक्षा वीच गहिरो खाडल छ । सरकारी विद्यालयहरुमा पर्याप्त दरबन्दी राज्यले दिन नसक्दा अदक्ष शिक्षकहरुबाट कामचलाउ शिक्षा लिन वाध्य गरिव किसानका बाल बालिकाले सँम्रान्त धनाड्य व्यक्तिले पढाउने बोर्डिङ स्कूलका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ ।

यस्तो असमान शिक्षा प्रति राज्यको ध्यान कहिले सम्म जाने हो ?यो अर्को प्रश्न । अर्को कुरा हामी हाम्रा बालबालिकालाई शिशु अवस्था देखिनै मोवाइल खेलाउन दिन्छौँ । यसले भोली गएर स्वास्थ्यमा असर गर्ने कुरा समेत हाम्रो चेतनाले देख्दैन । पढाई विग्रने कुरा त छँदैछ । बेलैमा सजक बन्न नसके यसले पनि भविष्यमा विकराल समस्या निम्त्याउने कुरामा दुईमत छैन ।

वाल_वालिकाको मस्तिष्कले अशल कुरा भन्दा खराव कुरा छिटो अनुकरण गर्ने रहेछ । अश्लिल चलचित्र र सिनेमा हेरेर फेसन आचरण आदिमा गलत प्रभाव पार्ने कुरा पनि ऐना जस्तै छर्लङ्ग छ । यस्तै कारणले समाजमा अनुशासन हराएको छ । उछृङ्खलता बढेको छ । आदर, सत्कार, सम्मान लोप भएको छ । हामी सवै यो रोगले आक्रान्तका साथै ग्रसित छौँ । हाम्रो नियन्त्रण भन्दा वाहिर जान लागेको छ संसार र संस्कृति ।

मलाई अलिकति विगत कोट्याउन मन लाग्यो । नेपालमा गणतन्त्र ल्याउन अग्रणी भूमिका खेल्ने राजनैतिक दलहरुले राज्यसत्ता संचालन गरेको पनि धेरै भयो । तैपनि यहाँ सिपमुलक शिक्षा नीति लागु गर्न सकेको अवस्था छैन । रोजगारमूलक कार्य सरकारले पर्याप्त रुपमा गर्न सकिरहेको छैन ।

उद्योग, कलकारखाना स्थापना गर्न सकेको छैन । बन्दुक धारी दलहरुले हामी शिक्षकहरुलाई यो वुर्जुवा शिक्षा अव नपढाउनु हामी अव हाम्रो जनवादी शिक्षा लागु गर्छौँ । सीपमूलक शिक्षा पाठ्यक्रम बनाउँछौँ । रोजगारमूलक शिक्षा लागु गर्छौँ भनेका आवाज अद्यावधी कानमा गुन्जयमान छन् ।

खै त लागु गर्न सकेको ? अव कसरी विश्वास जित्ने यतातिर कसको ध्यान जानुपर्ने हो ?राज्यले कहिले सम्म दक्ष जनशक्ति उत्पादन गर्ने खालको राज्यमा शिक्षा नीति लागु गर्छ ? कहिले सम्म राज्य औधोगिक उन्नतिमा फड्को मार्छ ? हामी संसारकै भाग्यमानी छौँ । हाम्रो देशमा वुद्घ जन्मेका हुुन् । हाम्रो देशमा हिमाल, पहाड, तराई मिलेको भू–भाग छ ।

असंख्य खोला नदी ताल झरना र औषधीहरु छन् । प्रसस्त खानीहरुछन् । यो वीर वहादुरहरुको स्वतन्त्र राष्ट्र हो भनेर आफैँ मख्ख परेर मात्र हुन्छ ? त्यसबाट उपलब्धी लिनेकुरा सदुपयोग गर्ने कुरा र सर्वसाधारणलाई राज्यले सेवा सुविधा दिने कुरामा कहिले ध्यान जान्छ ?

एकातिर गरिव किसान र कर्मचारीले तिरेको करबाट सत्ताधारीहरुले मोजमस्ती गरिरहेका छन् भने अर्कोतिर पीडित वर्ग भोक भोकै मरिरहेको अवस्था छ । यो असमानता कहिले मेट्ने ?यो खाडल कहिले पुर्ने ? हाम्रो चेतना कहिले व्युझने ?जनताले फुकेको आगो निभाउन अहिलेसम्म सामन्ति प्रवृत्ति सक्षम छ ?

के पुुन: ०६२/६३ को आन्दोलन विउतनु पर्ने हो ?यो गम्भिर प्रश्नले हामी सवैको ध्यानाकर्षण गरेको छ । चुम्बकले फलाम खिचे झैँ खिचेको छ । कोही पनि दिग्भ्रमित नवनौँ चेतनाको ढोका खोलौँ बेलैमा । जुनसुकै काममा लेखाजोखा हुुन पर्छ । इमान्दारी हुन पर्छ । दण्ड र पुरस्कारको व्यवस्था हुन पर्छ । अनि मात्र गुणस्तर कायम हुन्छ । मन पर्ने सरोकारवालाले गरेको गल्ती सवै ठिक ।

इतर पक्षले गरेको अशल काम नि बेठिक भए पछि कसरि प्रगति हुन्छ ?जुुन दलको जहाँ हालीमुहाली हुन्छ त्यस दलका फटाहाहरूको भर्तिकेन्द्र स्थानीय सरकार बन्छ भने अरू दक्ष जनशक्ति के हातमा दही जमाएर बस्छ ?यी र यस्ता कुरामा स्थानीय सरकारको बेलैमा ध्यान पुगोस् ।

यो कुरा बिरोधका लागि बिरोध हैन तीतो यथार्थ हो । त्यसो त हामी पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मका तमाम नेपालीमा आक्तिमता, भाइचारा, सौहार्दता छ । के मधेशी के पहाडी सवैमा नेपाली हुनुमा गर्वका साथै गौरव पनि छ । त्यति मात्र कहाँ हो र ? हरेक जातीका धर्म संस्कृति रीतिरिवाज चाडपर्वहरुमा एक आपसमा सद्भाव छ धार्मिक सहिस्णुता, उदारपनाका साथै सम्मान पनि छ ।

चाहे हिन्दु चाहे शिख चाहे क्रिश्चियन सवैमा प्रेम छ । हामी वहुल जातीका सुन्दर फूलका सुन्दर फूलहरुमा उनीएका एउटै माला हौँ । एउटै माला हुनुमा हामी विश्वलाई चकित पार्न सक्षम छौँ । तर पनि राज्यले सिपयुक्त शिक्षा नीति लागु नगर्दा राज्यका नागरिक हामी बेकम्मा बनेका छौँ । लंगडो बनेका छौँ । राज्यले हामी नेपालीलाई युवा युवतीलाई विदेशीको दास बन्न बाध्य बनाएको छ । नोकर बन्न बाध्य पारेको छ ।

मान्छे आदर्शले मात्र बाँच्दैन । आजको युग विज्ञान र प्रविधिको युग हो । आजको युुग औधोगिक विकासको युग हो । संचारको युग हो । सीपमुलक कला र संस्कृतिको युग हो । २१ औँ शताब्दीको युग हो । आजको मानव कर्ममा विश्वास गर्छ ।

गफमा पटक्कै विश्वास गर्दैन । नेताहरूले जस्तो भाषणले मात्र देश बनाउने कुरा समाजले पचाउन सक्दैन । अपच्य बन्छन् यस्ता कुरा अनि यस्ता कुरा गर्ने मान्छे पनि । केही समय मैले मेरो भाइलाई वीर अस्पतालको ढोका नेर प्रतिक्षा गर्नु थियो । मेरो साथी कोही नभएकोले आफ्नै मनसँग गफिँदै थिएँ । अकस्मात मोवाइलको घण्टी बज्यो ।

मैले झसंग हुँदै मोवाइल उठाउन लाग्दा भाइ मेरो सामु मुसुमुसु हाँस्दै थियो । किन टोलाउनु भएको ? भाइको प्र्र्रश्न थियो । मैले सहज उत्तर दिएँ ।बेहुली जस्तो राजधानीको सुन्दरतामा लठ्ठिएँ । हामी दुवै हाँस्यौँ तर यथार्थमा त्यो थिएन ।शिक्षण पेशा यो पेशामा आवध्ध बनी जुनी बित्यो । जस पाउने कुरा गर्दा गर्दै पनि यदा कदा चुकिन सक्छ तैपनि आफ्ना सन्ततिले यो पेशा नलिनु नै उत्तम हो

भन्ने कुरा मेरो अन्तर आत्माले भन्छ । अनि न्यून पारिश्रमिकले आवश्यक चाहना दैनिकी धान्ने कुरा आकाशको फल बन्यो । आफैलाई घरि घरि त दिक्क लागेर आउँछ । आफैँलाई चिर्थन मन लाग्छ भन्ने कुरामा कहिले काहीँ मन विचलित नहुने पनि हैन । समय परिवर्तन सँगै अवश्य पनि शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुन्छ र गरिनु पर्छ अनि हामी सवैको यो पेशा प्रति विकर्षण हैन आकर्षण हुन पर्छ । पहिले प्राथमिकता पाउनु पर्छ ।

शिव भाइसँग बेलुका कपन पुगियो । ससुराली पनि त्यहीँ भएकोले भाइलाई भोली मात्र आफू आउँछु भनेँ । आज मैले ससुरालीमा बस्नुपर्छ भन्ने कुरामा समझदारी कायम भयो । लामो समयपछिको रमाइलो भेटघाट अनि भोगाइका अनुभव साटासाटले समय बितेको थाहै भएन । भोलीपल्ट फागुन ३० मा भाइका घरमा बास बस्नुपर्ने बाध्यता मेरो सामु थियो त्यस दिनको रात गयो ।

भोलीपल्ट विहान भगवान पशुपतिनाथको दर्शन गरेर सदुपयोग गरियो । खाना खाएर कपनबाट मण्डिखाटार घुम्न जाने योजना अनुसार प्यारो भाइ पूर्णसँग भेट भयो । खुसी लाग्यो । गोल्फुटारमा ठुलोवुवासँग भेट भएन अरु सवै सँग भेटघाट र भलाकुसारी साटासाटले मन दङ्ग भयो । बेलुका भाइको घरमा मीठा रमाइला कुराकानीका साथमा मेरो ज्योतिष विषयमा पनि सामान्य जनकारी भएकोले चिना हेर्दै समयको सदुपयोग गरियो ।

अव त मेरा उद्देश्यहरु लगभग पुरा भएकाले कर्मथलो तिर फर्कनु पर्ने कुराले मन खिचिरहेको थियो । त्यसैले मेरो ससुराली भाइ महेशले टिकट लिइदिनु भएको थियो । काठमाण्डौँबाट खोटाङ च्यास्मिटार सम्मको यात्रा भनिन्छ नि तर यात्रा कहिले संवेदनसील अनि जोखिमपूर्ण पनि हुन्छ ।

मैले मेरो अन्तर आत्मामा रहेका मेरा भगवानस्ँग यात्रा सुखद रहोस् भन्दै मनमनै प्रार्थना गरिरहेको थिएँ । मनले नमान्दा नमान्दै कर्तव्य परायणताले मनलाई चुम्बकले फलाम खिचेझैँ खोटाङ तिर खिचिरहेको थियो । समयको साँचोमा हामी सवै पेलिनु पर्छ ।

यो मेरो पनि बाध्यता थियो । त्यसैले कान्तिपुर राम्ररी न ब्युँझदै मैले यहाँबाट विदा लिएँ । फागुन १ गते विहान ५ बजे मेरो भाइ मलाई गाडी चढाउन आएको थियो । हामी छुट्टिदा मन धमिलो भयो । आज भोली अलि अलि गर्दै अराजकता मौलाएको छ । दुष्टता हावी भएको छ । समाज सकारात्मक गतिमा रुपान्तरण हुनुु पर्नेमा ठीक उल्टो गतिमा ओरालो लाग्दैछ ।

दुराचार र दुष्मनीले समाजमा जरा गाडेको छ । सभ्यता शब्दमा मात्र सिमित बन्न जान लाग्दो छ । यो भयावह अवस्था प्रति सचेत नागरिक सजग नबने भोलीका सन्ततिको भविष्य अन्धकारमा धकेलिने कुरा निश्चित प्रायः छ । गाडीमा कुन गीत बज्दैछ? कान थर्किए पनि मेरो मनले यी कुराहरु खेलाउँदै थियो ।

काठमाण्डौँबाट चारखाल हुँदै रोसिखोला किनारै किनार गाडी तिव्र गतिमा गड्दै थियो । म डाँडा, पाखा, खोला, गाउँ, बेँसी अनि हरिया जँगल र झरनाको सुन्दरतामा मोहित थिएँ । गाडीको पछाडिको सिटमाएक जना व्यक्ति आफ्नो आत्मश्लाधा ओकल्दै हुनुहुन्थ्यो । उहाँको कुराले पुष्टि गथ्र्यो उहाँ नेपाली सेनाको कर्मचारी हो । हल्का मातेको कुराकानीमा प्रष्ट भैरहेको थियो । भन्दै हुनुहुन्थ्यो यो गाडिमा जेठो म होला । एस.एल्.सी पास गर्ने नि म होला ।

गाडी रोकेका ठाउँमा दोकानमा रहेकी छोरी मान्छेलाई छेडछाड गर्न समेत भ्याउनु भएको थियो । उहाँको पारो अलिकति खसाउन मैले समय पर्खिरहेको थिएँ । मैले नम्र बनेर सोधेँ हजुरको जन्म कुन साल हो नि ? उहाँ म बसेको सीटको ठीक पछाडि हुनुहुन्थ्यो । उहाँले मलाई नियालेर हेर्नुभयो अनि भन्नुभयो २०४० साल । मैले हाँसेर उत्तर दिएँ । हजुर जन्मने सुरसार नहुँदै मैले पास गरेको रहेछु ।

मेरो कुरा सुनेर गाडीमा बसेका सवैले हाँसेर झण्डै छत उचाले । साथीको पारो स्वाट्टै घट्यो । तालीम प्राप्त सुरक्षा कर्मी यस्तै हुन पर्छ ? यो जिम्मेवारी कसले लिन्छ ? हामी मान्छेहरु के सारो पत्तिएका ? छक्क पर्छु वावै नि ! अभिमानी स्वभाव समाजका अरुमा पनि यदाकदा भेटिन्छ । अरुलाई खसालेर बोल्ने बेठीक नै भएपनि आफ्नो भनाइलाई ठीक सावित गर्न खोज्ने ।

फटाह भएपनि सैधान्तिक अवस्थालाई काखीच्याप्ने यस्तो परम्परा कहिले सम्म टिक्ला ? कति मान्छेहरु त आफ्नो चिनारु को भेटिन्छ र आफ्नो उन्नति प्रगतिको डम्फु बजाउँ भनेर पर्खिरहेझैँ सम्झदा पनि दिक्क लाग्छ । संसारका करोडौँ अनुहार अनि करोडौँ स्वभाव । आफूू कर्तव्य च्यूत भएमा चुतिया बनिन्छ भन्ने चेतना छैन ? निष्कर्षमा मलाई अलिकति वर्तमानको थपकुरा खोतल्न मन लाग्यो । आज विश्व त्रसित छ ।

कोरोना भाइरस चीनबाट जन्मिएपनि यसले विश्वलाई त्रसित बनाएको छ । मान्छे को, कहिले र कतिबेला मर्छ ? त्यसको लेखाजोखा छैन । शक्तिशाली रष्ट्रहरु यसको सामु घुँडा टेक्ने अवस्थामा छन् । धेरै निको भए थोरै मान्छेहरुको मृत्यु भइसकेको छ । विश्वका राष्ट्रहरुले आफ्नो बचावटको तयारी गरिनै रहेका छन् । देशमा भएको लकडाउनले जन जीवन तनावग्रस्त भएको छ । परोपकारका लागि प्रत्येक राज्यमा विपत्ति कोष खडा गरिएका छन् ।

मानिसहरु भोक भोकै मर्ने अवस्था आउन लागेको छ । यस्तो विसम परिस्थितिसँग जुध्दै, मुकाविला गर्दै जिउ ज्यानको कति पनि वास्ता नगरी चिकित्सकहरु उपचारमा तल्लिन छन् । संचारकर्मीहरु, सुरक्षाकर्मीहरु आ–आफ्नो ठाउँबाट सेवा दिइरहनुभएको छ । म त भन्छु यो विसमपरिस्थितिको वास्ता नगरि ज जस्ले जुन–जुन ठाउँबाट जसरी सेवा दिइरहनुभएको छ उहाँहरु सवै भगवान हुनुहुन्छ ।

हामी सवैको तर्फबाट वन्दनीय हुनुहुन्छ पुज्य हुनुहुन्छ । एकातिर राज्यको यस्तो अवस्था छ भने अर्को तर्फ एउटा यस्तो तस्करी समूह छ कि कुन बेला राज्यमा भुकम्प जान्छ र तस्करी गर्न पाइन्छ । कुनबेला संकट आउँछ र कमिसनको खेल खेल्न पाइन्छ भनी पर्खिरहेको अवस्था वर्तमान राज्यसत्तारुढ सरकार भ्रष्टचार र कमिसनको विवादमा फसेका समाचारहरुले प्रष्ट पार्छन् । अरु जे जे भएनी हामी सवै लकडाउनमा बसी आफू र अरुलाई समेत बचाउन पहल गर्नुपर्छ ।

सुनकोशी गड्तिर हुँदै काठमाण्डौँबाट खोटाङ, ओखलढुङ्गा, सोलुखुम्वु जाने बाटो अति नै रमाइलो छ । गाडी खुर्कोट, दुम्जाबेँसी, ग्वालटार हुँदै अघि बढिनैरहेको थियो । त्यहाँका सुन्दर वस्ति, तरेलीपरेका धान खेत सँगै सलल बगेक्री सुनकोसी नदीको नागबेली परेको गतिले कस्को मन नखिच्ला ? यस्तो सोच्दा सोच्दै प्राकृतिक सुन्दरतामा भुल्दा भुल्दै सुमोले फिक्कल खाङसाङ बेँसी पु¥याएछ । गन्तब्यमा पुग्न अब आधाबाटो लगभग बाँकी थियो ।

खाङसाङ बेँसीमा एउटा मोटरेबल पुल आधा बनेर त्यसै अलपत्र छोडेको अवस्था छ । खोलामा पानी भने हिउँदमा हुन्न नै । वर्षातको भलमा गाडी रोकिने नरोकिने कुरा म जान्दिन । केही समय अघि त्यहाँ सोलुखुम्वु, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, रामेछापका ख्याति प्राप्त नेताहरुले बाटो बन्द गरी आफ्ना भाषण सुनाउनु भएको थियो । खै त पुल बनेको ?

जनतालाई किन दुःख दिएको हो ? काम गर्न नसक्नेले । आवश्यक थिएन भने किन राज्यको सम्पति दुरुपयोग ? आवश्यक हो भने किन नबनेको पुल ? गाडीमा सवै यात्रुहरु आ–आफ्नै गफमा ब्यस्त हुनुहुन्थ्यो । म भने यी कुरामा पीडा बोध गरिरहेको थिएँ ।

यो सवैको प्रतिफल चेतनाको अभाव नै हो त ? प्रश्न गम्भीर छ । गाडीमा गीत बजिरहेको थियो । कालो केश फेरिएर सेतै भैगयो । फेरिएन अनुहार कालै गयो । जहाँ राज्यले सम्बोधन गरेका सम्बोधनले त्यस राज्यका प्राज्ञहरुले हिनताबोध गर्छन् भने त्यहाँ अराजकता मौलाउँछ । -अर्काइभबाट 

Tags: #विचारपीताम्बर घिमिरे
पीताम्बर घिमिरे

पीताम्बर घिमिरे

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by पीताम्बर घिमिरे
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by पीताम्बर घिमिरे
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२
रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

फाल्गुन २७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.