Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मनै लोभ्याउने मनास्लु

अर्जुन उप्रेती by अर्जुन उप्रेती
कार्तिक ८, २०८२
in टाकुरा विशेष, भिजिट नेपाल, विचार
0
मनै लोभ्याउने मनास्लु
72
SHARES
Share on FacebookShare on Twitter

यसपालिको दशैँ लगत्तै मनास्लु सर्किटको पदयात्रा गर्ने अवसर मिल्यो ।

महांल.गुर हिमालय रेन्ज भन्दा निक्कै पश्चिम अनि अन्नपूर्ण हिमाल भन्दा ६४ कि.मि. पूर्वमा पर्ने मनश्री हिमालय रेन्जमा अवस्थित मनास्लुको समीपमा पुग्दा सोचे भन्दा र अरू मानिसले भने भन्दा फरक र सुन्दर रहेछ मनास्लु हिमाल ।

जापानिज हिमाल, किलर माउण्टेन आदि नामले चिनिने मनास्लुलाई धार्मिक हिमाल पनि भनिदो रहेछ ।

संस्कृत भाषाको ‘मनासा’ बाट मनास्लु भएको भन्ने किंवदन्ती रहेछ । जहाँ मनासाको अर्थ आत्मा भन्ने हुँदोरहेछ ।

सगरमाथाको सफल आरोहणको ३ वर्षपछि जापनिज एक्स्पिडिसन टिमको नेतृत्वमा ‘तोसी इमानिषी’ नामका जापनिजले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएको इतिहास छ ।

जहाँ उनलाई नेपाली शेर्पा ग्याल्जेन नोर्बुले साथ दिएका थिए । जापानिज नागरिक यूको माकीले नेतृत्व गरेको आरोहण दलमा तोसी इमानिषी र ग्याल्जेन नोर्बु शेर्पाले सफल आरोहण गरि बिश्व कीर्तिमानी इतिहासमा पहिलो आरोहीको रूपमा नाम लेखाएका रहेछन् ।

संसारका ८ हजार मिटर माथिका १४ वटा हिमालमध्ये ८ वटा नेपालमै छन् । त्यसमध्येमा आठौँ स्थानमा रहेको मनास्लुको उचाई समुन्द्र सतहदेखि ८ हजार १ सय ६३ मिटर अर्थात् २६ हजार ७ सय ८१ फिट रहेको छ ।

मे ९, सन् १९५६ मा मनास्लु शिखरमा पहिलोपटक सफल आरोहणको झण्डा फहराइएको थियो ।

हिमाल आरोहीहरूले यसलाई किलर माउण्टेन्ट पनि भन्ने गर्दा रहेछन् । चारैतर्फ चुच्चु र धारिलो धार भएको आरोहण गर्न अति कठिन हिमालको सूचीमा पर्ने मनास्लुमा हिउँ पहिरोको जोखिम अत्यन्तै धेरै हुनेरहेछ ।

जसकारण धेरै आरोहीहरू आरोहण गर्दा गर्दै हिउँपहिरोमा परेर ज्यान गुमाउन पुग्दारहेछन्, मनास्लुमा । तर, अहिले चाँहि मनास्लुभन्दा अझै धेरै हिउँपहिरो जाने र धेरै दुर्घटना हुने भएकोले अन्नपूर्ण–१, लाई किलर माउण्टेन्ट भनिन थालेको रहेछ ।

गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने मनास्लु हिमाल, गोरखाको सबैभन्दा उत्तरतर्फको गाउँ साम्दो र आधार शिविर भन्दा सिधै तलको स्थान सामागाउँ जस्ता सुन्दर हिमाली बस्तीले आम्ने साम्ने सम्वाद गर्ने जस्तो लाग्ने चुम उपत्यकामा अवस्थित छ ।

तिब्बतीयन बुद्धिष्ट संस्कृतिको बाहुल्यता रहेको चुमभेली क्षेत्रमा पर्ने मनास्लु हिमाल मनास्लु पदमार्ग पछ्याउँदै जादा बाटैमा पर्दछ । समुन्द्र सतहबाट ३ हजार ५ सय मिटर उचाईको सामागाउँबाट ४ हजार ८ सय मिटरको आधारशिवर पुग्न ठाडै उकालो चढेर जानुपर्ने रहेछ ।

एकै दिनमा सामागाउँबाट आधार शिविर पुगेर दिनभरि हिउँ खेलेर बेलुका बास बस्न सामागाउँ नै फर्किन सकिने गाउँबाट छोटो दुरीको आधार शिविर पनि हो ।

यही सामागाउँबाट साम्दो, धर्मशाला हुँदै ५ हजार १ सय ६ मिटर उचाईको लार्केपास समेत गर्न सकिने एककाम दो पन्थ को यात्रा मनास्लु पदयात्रा ।

आफैँले आधार शिवरमा पुगेर हिमाल छाम्न, चुम्न सकिने एक अदभूत अनन्दको हिमाल पनि हो, मनास्लु ।

Tags: #भिजिट नेपालअर्जुन उप्रेतीटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)
FEATURE BREAKING

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

नेपालमा विपत्ति आउनु अब असामान्य घटना रहेन । भूकम्प, बाढी, पहिरो, हिमपहिरो, डुबान र अन्य प्राकृतिक प्रकोपले बर्सेनि नेपाली जनजीवनलाई...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.