हाम्रो गौरव हाम्रो प्रदेश–२ नामक समूहले नेपाल भरी अनलाईन कविता प्रतियोगिताको तयारी गरेको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई लक्षित गरी साहित्य क्षेत्रमा बिशेष रुचि राख्ने युवाहरूका लागि कविता प्रतियोगिताको तयारी गरिएको हो ।
प्रतियोगिता ८ मे बाट सुरु भइसकेको छ । जुनसुकै भाषामा समसामयिक बिषयमा कविता वाचन गरेको भिडियो आयोजकलाई पठाउनुपर्ने कार्यक्रम संयोजक बिद्यापति ठाकुरले बताए ।
उनका अनुसार आगामी जेठ १६ गते नतिजा तयार गरिनेछ ।
Discussion about this post