इटहरी : चर्चित नायक अनमोल केसीविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध निर्माता जयन श्रेष्ठ र रुपेश खड्गीले उजुरी दिएका हुन्।
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा अभिनयमा गर्ने सहमति जनाई ५ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएपनि फिल्म खेल्नको लागि समय नदिएको भन्दै निर्माताहरू श्रेष्ठ र खड्गीले नायक केसीविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।
नायक केसीले श्रेष्ठ र खड्गीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक लिनेगरी फिल्ममा अभिनय गर्ने सम्झौता गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ। सोही सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी लिएको तर, सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको निर्माताद्वयले आरोप लगाएका छन्। यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत लिएको उजुरीमा उल्लेख छ।
Discussion about this post