इटहरी : चर्चित कमेडियन सुमन कोइराला इटहरी आइपुगेका छन् ।
चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाईनलको चरण सुरु हुनुअघि इटहरीका आफ्ना फ्यानहरुलाई भेट्न उनी इटहरी आएका हुन् । दले दाईको नामले प्रख्यात रहेका उनले आँफू इटहरीबासी रहेको र इटहरीको मायाले आँफू बिजेता बन्ने विश्वास व्यक्त गरे ।
उनलाई भोट दिइ जिताउनको लागि नागरिक समाज इटहरीका महासचिव राजु केसी, कस्तुरी कलेज इटहरीका प्राचार्य कमलेश पौडेल, सहयोग संकलन समितिका संयोजक दिनेश कोइराला, पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ लगायतले अपिल गरेका छन् । उनले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्दैछन् ।
उक्त शो को बिजेताले नगद २५ लाख, २५ लाख बराबरको कार र विश्व भ्रमणको अवसर पाउँनेछन् । सुमनले इटहरीमा भोटको अपिल गर्दै जिताउँन आग्रह गरे ।
Discussion about this post