एजेन्सी : कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण विश्वभर मृतकको संख्या ३ हजारभन्दा बढी पुगेको छ।
सोमबार बिहानको तथ्यांकअनुसार विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ।
चीनको राष्ट्रिय स्वस्थ्य आयोगका अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ बनेका छन्।
चीनमा मात्र कोरोनाका कारण हालसम्म ८० हजार २६ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २ हजार ९१२ पुगेको छ।
चीनपछि कोरोनाबाट ग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ संक्रमितको संख्या ४ हजार २१२ पुग्दा २६ जनाको मृत्यु भइसकेको छ।
यस्तै इटालीमा १६ सय ९४ जना संक्रमित छन्। त्यहाँ ३४ को मृत्यु भएको छ। इरानमा ९७८ जना संक्रमित छन् ५४ जनाको मृत्यु भइसकेको छ।
Discussion about this post