नेपालसहित दक्षिण पूर्वी एसीयाका ११ मुलुकमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन अपिल गरेको छ ।
चीनबाट फैलिएको यो भाइरस हालसम्म ७० देशमा देखिएको छ । युरोपको इटालीलगायतका मुलुकमा पनि देखिएको छ ।
विश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एसीया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउँदै रोकथामका उपायमा ध्यान दिन अपिल गरेकी हुन् ।
यस क्षेत्रमा नेपालसहित, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् । नेपाल सरकारले पनि सुरक्षाका उपाय अपनाउनका लागि अपिल जारी गरिरहेको छ ।
Discussion about this post