तमोर नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
शनिबार दिउँसो बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए।
Discussion about this post