इटहरी : इटहरी उपमहानगरपालिकाले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको छ ।
अहिले विश्वभर फैलिएको नोबेल कोरोना संक्रमणको जोखिबाट बच्न सावधानीका लागि नगरबासीमा भीडभाड गरेर होली मनाउँन प्रतिबन्ध गरिएको हो ।
रंग र पानी छ्यापाछयाप गरेर होली नमनाउन आग्रह गर्दै उपमहानगरले भीडभाड हुने धेरै मान्छे भेला हुने मेला महोत्सव, सभा, समारोह र भोजभतेर नगर्न अपिल समेत गरेको छ ।
कोरोना भाइरसको संक्रमणवाट बच्न पटक–पटक साबुन पानीले हात धुन, खोक्दा र हाच्छयूँ गर्दा नाक र मुख छोप्न, भेट हुदाँ हात मिलाउनुको साटो नमस्कार गर्न उपमहानगरको आग्रह छ ।
चिकित्सकका अनुसार कोरोनाका कारण मृत्यूदर सयमा २–३ जना मात्र भएकाले भ्रम नफैलाउँन र मनोवल उच्च राख्न उपमहानगरले आग्रह गरेको छ ।
खोटाङ : जलविद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई समस्या
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवर्द्धक कम्पनी थ्री–स्टार...
Discussion about this post