इटहरी : इटहरी उपमहानगरपालिकाले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको छ ।
अहिले विश्वभर फैलिएको नोबेल कोरोना संक्रमणको जोखिबाट बच्न सावधानीका लागि नगरबासीमा भीडभाड गरेर होली मनाउँन प्रतिबन्ध गरिएको हो ।
रंग र पानी छ्यापाछयाप गरेर होली नमनाउन आग्रह गर्दै उपमहानगरले भीडभाड हुने धेरै मान्छे भेला हुने मेला महोत्सव, सभा, समारोह र भोजभतेर नगर्न अपिल समेत गरेको छ ।
कोरोना भाइरसको संक्रमणवाट बच्न पटक–पटक साबुन पानीले हात धुन, खोक्दा र हाच्छयूँ गर्दा नाक र मुख छोप्न, भेट हुदाँ हात मिलाउनुको साटो नमस्कार गर्न उपमहानगरको आग्रह छ ।
चिकित्सकका अनुसार कोरोनाका कारण मृत्यूदर सयमा २–३ जना मात्र भएकाले भ्रम नफैलाउँन र मनोवल उच्च राख्न उपमहानगरले आग्रह गरेको छ ।
आजको राशिफल (भदौ २६ गते शुक्रबार)
२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...











Discussion about this post