Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्यारा छोराछोरी : ‘बाँचेर पनि केही गर्न सकेनौ, सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०७६
in समाचार
0
प्यारा छोराछोरी : ‘बाँचेर पनि केही गर्न सकेनौ, सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’
882
SHARES
Share on FacebookShare on Twitter

‘प्यारा छोराछोरी, (नाम) तिमीहरूको लागि हामीले बाँचेर पनि केही गर्न सकेनौ । सरी ल ? राम्ररी पढ्नु । अरूको कुरा नसुन्नु । सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’ ।

बुधबार इलाममा एक दम्पतीको शव भेटिएपछि मृतकको घर भित्रबाट प्रहरीले बरामद गरेको अन्तिम सन्देश जो उनीहरूका छोराछोरीको लागि थियो ।

इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देको कैंजस्थित धनबहादुर खपांगी र उनकी पत्नी रिताको शव बुधवार दिउँसो घरको आँगनमा लडेको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा खाताको पानामा यस्तो सन्देश भेटाएको थियो । उक्त सन्देश धनबहादुरको हातले लेखेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सन्देश माथि दुवै जनाको मोबाइल समेत भेटिएको थियो ।

खपांगी दम्पतीको शव रगतमा लतपतिएको अवस्थामा भेटिएको थियो । बिहान छोराछोरीलाई खाना खुवाएर परीक्षा दिन पठाएका उनीहरू परीक्षा दिएर फर्किएका १४ वर्षीय छोरा र ९ वर्षकी छोरीले रगतमा डुबेको अवस्थामा देखेपछि मात्र गाउँमा हल्ला भएको थियो ।

घोप्टो परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेको र खुकुरी उनको नजिकै भेटिएको थियो । घटनाको अनुसन्धान सकेर जिल्ला फर्किएका इलामका डिएसपीको हेमन्त भण्डारीले मृतक दुवै जनाको घाँटीमा गहिरो चोटका कारण अत्यधिक रक्तस्रावबाट उनीहरूको मृत्यु भएको बताए ।

घटनास्थलबाट बरामद भएको खुकुरीबाटै दुवै जनाको ज्यान गएको हुन सक्ने उनको भनाई छ । ‘शवको पोस्टमार्टमका लागि धरानस्थित विपी पठाएका छौ, केही दिनमै रिर्पोट आउने छ त्यसपछि हामी घटनाको वास्तविकता बारे जानकारी दिनेछौ’ भण्डारीले भने ‘अहिले हामी अनुसन्धानकै क्रममा छौ’ ।

घटनाको अनुसन्धानको लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट डिएसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा कुकुरसहितको एक घटनास्थल पुगेको थियो ।

घटनास्थलमा लगिएको कुकुर सोही घर आसपास मात्र घुमेको कारण पनि यो हत्या नभई आत्महत्या भएको बताइएको छ ।
पोस्टमार्टम रिर्पोटमा भने मृतकको पत्नीको गर्दन र घाँटीमा गरी दुई ठाउँमा र धनबहादुरको भने घाटीमा गहिरो काटेको चोट भेटिएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि दुबैजनाले घटनास्थलमा बरामद खुकुरीले एक अर्कोको घाँटी रेटेर आत्महत्या गरेको अनुमान गरेको छ । साथै सुसाइड नोट बरामद हुनुले पनि घटना आत्महत्या तर्फ सोझिएको प्रहरीको भनाई छ । बरामद खुकुरीको ल्याब टेस्टको लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ । प्रहरीले यस घटनालाई आत्महत्या वा हत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ । अपराध न्युज बाट

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
FEATURE BREAKING

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार
विविध

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

धान उत्पादनमा प्रख्यात ओखलढुङ्गाको रामपुरटार क्षेत्र । तस्बिर : नवराज कार्की/रासस

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.