Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्यारा छोराछोरी : ‘बाँचेर पनि केही गर्न सकेनौ, सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०७६
in समाचार
0
प्यारा छोराछोरी : ‘बाँचेर पनि केही गर्न सकेनौ, सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’
880
SHARES
Share on FacebookShare on Twitter

‘प्यारा छोराछोरी, (नाम) तिमीहरूको लागि हामीले बाँचेर पनि केही गर्न सकेनौ । सरी ल ? राम्ररी पढ्नु । अरूको कुरा नसुन्नु । सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’ ।

बुधबार इलाममा एक दम्पतीको शव भेटिएपछि मृतकको घर भित्रबाट प्रहरीले बरामद गरेको अन्तिम सन्देश जो उनीहरूका छोराछोरीको लागि थियो ।

इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देको कैंजस्थित धनबहादुर खपांगी र उनकी पत्नी रिताको शव बुधवार दिउँसो घरको आँगनमा लडेको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा खाताको पानामा यस्तो सन्देश भेटाएको थियो । उक्त सन्देश धनबहादुरको हातले लेखेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सन्देश माथि दुवै जनाको मोबाइल समेत भेटिएको थियो ।

खपांगी दम्पतीको शव रगतमा लतपतिएको अवस्थामा भेटिएको थियो । बिहान छोराछोरीलाई खाना खुवाएर परीक्षा दिन पठाएका उनीहरू परीक्षा दिएर फर्किएका १४ वर्षीय छोरा र ९ वर्षकी छोरीले रगतमा डुबेको अवस्थामा देखेपछि मात्र गाउँमा हल्ला भएको थियो ।

घोप्टो परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेको र खुकुरी उनको नजिकै भेटिएको थियो । घटनाको अनुसन्धान सकेर जिल्ला फर्किएका इलामका डिएसपीको हेमन्त भण्डारीले मृतक दुवै जनाको घाँटीमा गहिरो चोटका कारण अत्यधिक रक्तस्रावबाट उनीहरूको मृत्यु भएको बताए ।

घटनास्थलबाट बरामद भएको खुकुरीबाटै दुवै जनाको ज्यान गएको हुन सक्ने उनको भनाई छ । ‘शवको पोस्टमार्टमका लागि धरानस्थित विपी पठाएका छौ, केही दिनमै रिर्पोट आउने छ त्यसपछि हामी घटनाको वास्तविकता बारे जानकारी दिनेछौ’ भण्डारीले भने ‘अहिले हामी अनुसन्धानकै क्रममा छौ’ ।

घटनाको अनुसन्धानको लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट डिएसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा कुकुरसहितको एक घटनास्थल पुगेको थियो ।

घटनास्थलमा लगिएको कुकुर सोही घर आसपास मात्र घुमेको कारण पनि यो हत्या नभई आत्महत्या भएको बताइएको छ ।
पोस्टमार्टम रिर्पोटमा भने मृतकको पत्नीको गर्दन र घाँटीमा गरी दुई ठाउँमा र धनबहादुरको भने घाटीमा गहिरो काटेको चोट भेटिएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि दुबैजनाले घटनास्थलमा बरामद खुकुरीले एक अर्कोको घाँटी रेटेर आत्महत्या गरेको अनुमान गरेको छ । साथै सुसाइड नोट बरामद हुनुले पनि घटना आत्महत्या तर्फ सोझिएको प्रहरीको भनाई छ । बरामद खुकुरीको ल्याब टेस्टको लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ । प्रहरीले यस घटनालाई आत्महत्या वा हत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ । अपराध न्युज बाट

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
विविध

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

by रासस
जेष्ठ २९, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
0

विराटनगर : मोरङ प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

जेष्ठ २९, २०८३
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.