कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा दुई बिरामी कोशी अस्पतालबाट धरान रेफर भएका छन् ।
दुई दिनअगाडि विदेशबाट आएका दुई व्यक्तिलाई कोरोनाको आशंका गरी कोशीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरेको हो ।
बिरामीको पहिचान गोप्य राखिएको छ ।
कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रका अनुसार कोरोनाको आशंकामा उनीहरूलाई धरान रेफर गरिएको हो ।
कोशी अस्पतालमा आइसोलेसन वार्ड तयार भएको छैन् । संकास्पद विरामी भेटिए पनि आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकहरूले बताएका छन् ।
Discussion about this post