इटहरी : अहिले महामारीका रुपमा विश्वभरी फैलिएको कोरोना भाइरसका कारण गोकुल बाँस्कोटाको घुस काण्ड ओझेलमा परेको छ ।
स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि भनिएका विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो श्रव्य सामग्री तीन साताअघि सार्वजनिक भयो।
त्यतिबेला सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेको भन्दै नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराए।
त्यसपछि त्यो टेपकाण्डबारे सरकारले के गरिरहेको छ भन्नेबारे औपचारिक रूपमा केही भनिएको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई हेर्ने चर्चा भए पनि उसले के गरिरहेको छ भन्नेबारे बोलेको छैन।
कोरोनाका कारण उक्त टेपकाण्ड अहिले ओझेलमा परेको छ ।
Discussion about this post