तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २ का विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड १९) को बारेमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सचेतना सँगै स्थानीयलाई मास्क र हात धूने साबुन समेत वितरण गरिएको छ ।
नेपाली कांग्रेस वडा नं. २ का सभापति समेत रहेका स्थानीय अगुवा दीपेन्द्र घिमिरे, अन्य स्थानीय उत्तम बास्तोला, टंक खड्का, बिनोद खड्का, सिताराम कटुवाल लगायतको पहल पहलमा पशुपति चोकका सुकुम्बासी २५ घरका १२५ जनालाई मास्क र साबुन वितरण गरिएको दीपेन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार हुदु टोलमा ३ सय, बरगाछी चोक उत्तर १ सय जनालाई र शनि मन्दिर टोलमा ६० जनालाई मास्क र साबुन वितरण गरिएको थियो ।
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...
Discussion about this post