इटहरी : नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण इटहरी स्थायी घर भएका ६६ बर्षीय लिलाबहादुर राईको मृत्यु भएको छ ।
पूर्व गोर्खा सैनिक समेत रहेका उनको वेलायतमा मृत्यु भएको लण्डनको नर्थ्विक पार्क हस्पिटलले पुष्टि गरेको छ । पुख्र्यौली घर संखुवासभा भई इटहरी स्थायी निवासी केही समययता लण्डनबाट करिब २१ किलोमिटर उत्तर–पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
राईका आफन्त जयलक्ष्मी राईका अनुसार मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । जयलक्ष्मीले भनिन्, उहाँलाई अस्पताल भर्ना गर्दा अन्य रोग होला भन्ने भएको थियो, पछि मात्र अस्पतालले कोरोनाबाट मृत्यु भएको भन्ने सूचना दियो ।
संखुवासभा समाज, वेलायतले एक सूचना जारी गर्दै अहिले राई परिवारका सबैलाई आइसोलेशनमा राखिएको जनाएको छ ।
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...













Discussion about this post