इटहरी : आजबाट नेपाल–भारत सीमा नाका एक साताका लागि बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
सरकारले आज (सोमबार) बिहान १० बजेदेखि एक साताका लागि भारत र चीनतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
सरकारले सोमबारदेखि नै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ।
Discussion about this post