इटहरी : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि चैत्र २२ गतेसम्म इटहरीमा रहेका होटल बन्द हुने भएको छ ।
चैत्र ११ गतेबाट २२ गतेसम्म सबै होटलहरु बन्द गरिने होटल ब्यवसायी संघले जनाएको छ ।
होटल ब्यबसायी संङघ इटहरीको सोमबार बसेको बैठकले एक विज्ञप्ती जारी गर्दै कोरोनाले प्रत्यक्ष प्रभाव नपारोस् भन्ने उदेश्यले होटल बन्द गर्ने बताएको हो ।
नेपाल सरकारले अत्यावश्यक बाहेक सवै क्षेत्र वन्द गर्न आग्रह गर्दै आएको तर्फ मध्यनजर गर्दै होटल व्यवसायी संघ इटहरीले होटल वन्द गर्ने निर्णय गरेको अध्यक्ष जीवन पराजुलीले बताउ । साथै, विज्ञप्तीमा उल्लेख गरिएअनुसार सम्बन्धित घर धनीलाई भाडामा छुट दिन तथा बैंकलाई कर्जाको ब्याज छुट गरिदिन संघले अपिल गरेको छ ।
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...
Discussion about this post