तरहरा : तरहरा जेसिजले नोबेल कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि मास्क वितरण गरेको छ । सोमबार तरहरा बजारमा जेसिजले सर्वसाधारण मानिसहरुलाई मास्क वितरण गरेको हो ।
तरहरा जेसिजका अध्यक्ष सुनिल तिम्सिनाका अनुसार तरहरा बजारबाट आउजाउ गर्ने मानिसहरु, सवारी साधनका चालक–सहचालक लगायतलाई मास्क वितरण गरिएको हो ।
बिशम् परिस्थितिमा विश्व अहिले कोरोनाबाट आक्रान्त बनिरहेको भन्दै यसबाट बच्नका लागि सावधानी स्वरुप उक्त मास्क वितरण गरिएको उनले बताए ।
साथै, तरहरा बजारमा हात धूने पानीको ट्याङ्की पनि राखिएको उनको भनाई रहेको थियो ।
Discussion about this post