उदयपुर : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुने सम्भावना बढेकाले उदयपुरमा स्थानीय युवाहरुले सफाई अभियान चलाएका छन् ।
कोरोनाबाट संक्रमित नहुन भन्दै यहाँका सक्रिय युवाहरुले सफाई अभियान चलाएका हुन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका १० हडियामा नेपाली कांग्रेस क्षेत्र नं. १ का सचिव सुशील खत्रीको नेतृत्वमा आज कोरोना भाईरस विरुद्धको सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । सफाई अभियानको क्रममा खत्रीले भने, कोरोना भाईरसबाट बच्न र बचाउनको निम्ति हामीले सरसफाई अभियान चलाएका हौँ । घर–घरमा सफाई अभियान सञ्चालन गर्ने उनको भनाई रहेको थियो । गाउँ टोल सफा राखेमात्र जोखिममुक्त हुने उनले बताए ।
यस्तै, कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै हिजो मात्र वडा कार्यालयमै ५ बेडको आईसोलेसन बेड तयार गरिएको छ ।
सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस
धरान : धरानमा सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाउँदै आएका विभिन्न सङ्घसंस्थाले बुधबार साँझ मशाल जुलुस प्रदर्शन गरेका छन् । नेपाल...














Discussion about this post