इटहरी : इटहरीका युवा नेता सूर्य राईले लकडाउन अवधिभरी इटहरी क्षेत्रमा रहेका सडक बालबालिकालाई खाना खुवाउने भएका छन् ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका राईले लकडाउन अबधीभर इटहरी क्षेत्रका सडक बालबालिकाहरुलाई खाना खुवाउने भएका हुन् ।
लकडाउनको कारण सडक बालबालिकाको बिचल्ली भएको भन्दै उनले खाना खुवाउने भएका हुन् । इटहरी क्षेत्रमा झण्डै दुई दर्जन बढी सडक बालबालिका रहेका छन् ।
होटलहरु पनि बन्द भए पछि सडक बालकहरुको अवस्था दर्दनाक भएको छ, राईले भने, देश बिपद्को घडीमा रहेको छ, यो बेला नै हो हामीले सकेको सहयोग गर्ने ।
उता, नेपाली कांग्रेस इटहरीले विपन्नलाई चामल, दाल बाढ्ने अभियानमा आफूँले १ हजार केजी चामल र १ सय केजी दाल दिने पनि उनले बताए ।
Discussion about this post