इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ३ सय जनाको भीड लगाएर राहत बाढेका छन् ।
लकडाउनको समयमा घर बाहिर निस्किन नहुने सरकारको निर्देशन लत्त्याउँदै उनी तीन सयको संख्यामा गाउँ पुगेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन एक हप्ता अगाडिबाट लकडाउनको घोषणा गरेपनी मेयर चौधरीले भीड लगाएर राहत बाँडेपछि चौधरी विरुद्ध स्थानीयले विरोध समेत गरेका थिए ।
इटहरीको वडा नम्बर १ र १७ को सिमानामा पर्ने मुसहर बस्तीमा मेयर चौधरी आफैँ राहत वितरण गर्न पुगेका बेला कोरोना फैलिने सक्ने भन्दै विरोध भएको थियो ।
इटहरी उपमहानगरको शनिवार बसेको बैठकले विपन्न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी, दाल, नुन चामल वितरण गर्ने निर्णय गरेको थियो ।
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...














Discussion about this post