चक्रघट्टी : विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) लाई नेपालमा फैलिन नदिन र नियन्त्रण गर्नका लागि नेपाल सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै बराहक्षेत्रमा व्यवसायीहरुले मूल्य वृद्धि गरेको गुनासो बढेको छ ।
अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरूमा वराहक्षेत्र नगरपालिकामा कृतिम अभाव सृजना गराइएको र अनावश्यक मूल्यवृद्धि भइरहेको जनगुनासो बढेको हो ।
यसैबीच चक्रघट्टी जेसीजले वराहक्षेत्र नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चक्रघट्टी जेसीज बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले ध्यानाकर्षण पत्र बुझाउँदै सिंगो राष्ट्र नै ठूलो जोखिम उठाउनुपर्ने अवस्थामा रहेको बेला मूल्य वृद्धि गर्नु अनुचित रहेको बताए ।
साथै नगरपालिकासंग अाफ्नो एम्बुलेन्स नभएका कारण चक्रघट्टी जेसीजको एम्बुलेन्स अावश्यक सतर्कता अपनाउँदै अावश्यक परेका बखत नगरपालिकाले २४ सै घण्टा प्रयोगमा ल्याउन सक्नेगरि जेसीजले अाफ्नो एम्बुलेन्स उपलब्ध गराउने जानकारी समेत गराएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले जेसीजले उठाएको सम्बन्धित बिषयलाई अाफूले गम्भीर रहेको बताए । उनले यो बिषयमा आँफू चिन्तित रहेको र निरन्तर गृहकार्य गरिरहेको बताए ।
Discussion about this post