उदयपुर : चौदण्डीगढी नगरपालिकाले ११ हजार बढी नगरवासीहरुलाई राहत वितरण गर्ने तयारी गरिरहेको छ । वडा नम्बर २,५ र १० मा राहत सामाग्री पुगि सकेको छ ।
`लकडाउन´ पश्चात अति विपन्न समुदाय र दैनिक ज्यालादारीमा मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई समस्यामा परेको भन्दै उक्त खाद्यान्न राहत वितरण गर्न लागिएको हो ।
नगरपालिकाले ९० टन चामल, ३ हजार ७ सय ८ केजी दाल, २ हजार ८ सय ७२ केजी नुन, ३० हजार ९४ लिटर तेल, ५ हजार २ सय ८८ केजी मटर, ३ हजार ४ सय ८९ थान हात धुने साबुन र ६ हजार ३ सय ५० थान लुगा धुने साबुन वडाध्यक्षहरु मार्फत वितरण गर्न लागेको नगरपालिकाका प्रमुख खगेन्द्र राईले टेलीफोन मार्फत टाकुरालाई जानकारी दिए ।
राहत वितरणको लागि नगरपालिकाको १६ गतेको बैठकले ७० लाख रुपैँयाको राहत कोषको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
Discussion about this post