पाँचथर : जिल्लाको फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ ।
झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएका तुम्बापोको शुक्रबार निधन भएको हो ।
हिजो एक्कासी बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि हेलिकप्टरबाट झापाको बी एण्ड सी अस्पताल लगिएको थियो ।
झापामा ल्याई उपचार गराई रहेकोमा उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Discussion about this post