इटहरी (डेस्क) : कोभिड-१९ को उपचार, रोकथाममा खटिदा मृत्यु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश एक सरकारले ५० लाख क्षतिपूर्ति दिने भएको छ ।
आज सम्पन्न भएको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले यो महामारीमा प्रदेशभित्र खटिएका कामको सिलसिलामा कसैको संक्रमणबाट मृत्यु भएमा निजको परिवारलाई ५० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको बताए ।
Discussion about this post