इटहरी : युथ क्रियसनले रामधुनी नगरपालिकालाई २१ हजार सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण गरिब र बिपन्न बर्गलाई सहयोग पुगोस् भन्ने उदेश्यले उक्त सहयोग गरेको युथ क्रियशनका अध्यक्ष अमर बहादुर राईले बताए ।
अध्यक्ष राइले भने, आफैं सहयोग गर्न जांदा भीँडभांड हुने र कोरोना संक्रमण हुने भएकाले नगरपालिकाको टिमबाट सहयोग पुग्ने भएकाले सहयोग रकम हामीले हस्तान्तरण गरेका हौं ।
सहयोग रकम युथ कृयसनका अध्यक्ष राई, सचिव अन्जु चौधरी, कोषाध्यक्ष निमेन्द्र चौधरीको उपस्थितिमा रामधुनी नगरपालिकाकी उपमेयर सबिना चौधरीलाई हस्तान्तरण गरिएको थियो ।
Discussion about this post