इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ४ स्थित बगैंचा टोल बिकास संस्थाले इटहरी उपमहानगरपालिकालाई ५६ हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणले अहिले विश्व नै आक्रान्त भएको अबस्थामा गरिब बिपन्न तथा दैनिक ज्यालादारी गरेर खाने ब्यक्तिहरुको जीवनस्तर कष्टपुर्ण बन्दै गएकोले इटहरी उपमहानगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा आँफूहरुले ५६ हजार ५ सय ६५ रुपैंया सहयोग गरेको बगैँचा टोल बिकास संस्थाका अध्यक्ष सुनिल कार्कीले बताए । उनले भने, हामीले टोलका सबै ब्यक्तिहरुसँग अलिअलि गरेर पैसा उठाएर र संस्थाको कोषबाट यो सहयोग गरेका हौँ।
सहयोग रकम इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरिएको थियो ।
सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ
इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...











Discussion about this post