इटहरी (डेस्क) : नेपाल प्रहरीमा १० एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। सरकारले डिआइजीको दरबन्दी कटौति गरेपछि तीव्र प्रतिस्पर्धाबीच उनीहरुको बढुवा सिफारिस भएको हो।
बढुवा समितिले गरेको सिफारिसमा हालका एआइजी शैलेश थापा क्षेत्री र हरि पालको ब्याचीबाट घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त र ईश्वर बहादुर कार्की परेका छन्।
त्यस्तै अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापाले अघिल्लो ब्याचीहरु समेतलाई पछि पारेर पाचौं नम्बरमा परेका छन्। त्यस्तै सिफारिसमा पर्नेमा धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बि.सी. छन् ।













Discussion about this post