Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मुख्यमन्त्री शेरधन राईद्धारा प्रदेशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १, २०७७
in समाचार
0
मुख्यमन्त्री शेरधन राईद्धारा प्रदेशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)
152
SHARES
Share on FacebookShare on Twitter

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीका नाममा सम्बोधन गरेका छन् ।
उनले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ –

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
आज बिक्रम सम्बत २०७७ बैशाख १ गते अर्थात नयाँ बर्षको पहिलो बिहानी । सर्बप्रथम देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
विश्व, यतिबेला कोरोना भाइरस कोभिड १९ को महामारीसंग सर्घषरत छ र हामी पनि त्यही संघर्षको मैदानमा छौं । मलाई विश्वास छ यो संघर्षमा मानब जातीको जीत हुनेछ, हामी जित्ने छौं ।
यसरी नयाँ बर्ष हाम्रा लागि कोरोना भाइरस कोभिड १९ लाई पराजीत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको हाम्रो प्रादेशिक लक्ष्य र चाहनालाई तिब्रतर गतिमा मुर्त रुप दिदै समृद नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा विशेष योगदान दिने बर्षको रुपमा रहनेछ भन्ने मैले बिश्वास लिएको छु । आज विश्व समुदाय कोभिड १९ जस्तो डरलाग्दो महामारी विरुद्धको लडाई लडिरहेको छ । आजसम्म एक लाख भन्दा बढीको ज्यान गइसकेको छ भने १८ लाखभन्दा बढीमा संक्रमण फैलिएको छ । यस महामारीमा बिभिन्न देशमा ज्यान गुमाउने नेपाली दाजुभाई, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त गर्दै सपरिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछु ।
दाजुभाई तथा दिदीबहिनीहरु
हामी नेपालीहरु पनि कोरोना विरुद्धको लडाईमा छौं । चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । लकडाउन भएको आज २१ दिन भएको छ । लकडाउनका कारण तपाई हाम्रो दैनिकीमा पक्कै पनि असहजता सिर्जना भएको छ नै यो हामी सबैले महशुस गरेका छौं । तर हाम्रो सुन्दर जीवन रक्षाको लागि लकडाउनको कुनै बिकल्प छैन भन्ने कुरा पनि यहाँहरु अनि हामी सबैलाई राम्रो अवगत भएकै छ ।
आज लकडाउनका कारण नै महामारीलाई फैलन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ । लकडाउनका कारण सबै आवागमन ठप्प छ । हाम्रो सुरक्षा र संक्रमणबाट बच्न अझै ठप्प भएर लकडाउनमा बस्नु पर्नेछ ।
भारतमा बढन सक्ने संभावित संक्रमण र हाम्रो खुल्ला सिमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनैपनि नाम वा बहानामा हाम्रो दक्षिण तर्फको नाकाहरुबाट हुनसक्ने आवागमनलाई कडाई गर्नुपर्नेछ । यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मुल कडी हो । जेहोस हामीले उच्चस्तरको सावधानी अपनाउनु पर्नेछ । त्यसैले निरन्तरको लकडाउनबाट थुप्रै असहजता र कठिनाइहरु झेल्दै यो महामारी बिरुद्वको अभियानमा पूर्ण रुपमा साथ दिनु हुने तपाईहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । बाँकी अवधिका लागि पनि यस्तै धैर्यता, संयमता र समझदारीका साथ सहयोगका लागि हार्दिक अपील गर्दछु ।
दाजुभाई तथा दिदीबहिनीहरु
यो महामारीसँग जुध्न र सुरक्षित हुन हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्नु जरुरी छ । यो हामी सबैको लागी आइपरेको महामारी हो । यसले यो वा त्यो, धनी वा गरिब, ठुला वा साना यो जात वा त्यो जात, त्यो देश वा यो देश कसैलाई बाँकी राख्दैन भन्ने कुरा युरोप र अमेरिका लगायतका शक्ति राष्ट्रका ठुल ठुला ओहदाका कसैलाई पनि छोडेन भन्ने कुराले पुष्टि भएको छ । यसरी यसलाई पराजित गर्ने एउटै उपाय हो, सावधानी, उच्च सर्तकतता । कोरोनाबाट बच्न अपनाउनु पर्ने नियमित नियम र अनुशासनहरुको पालना अनि लकडाउनमा बसेर सामाजिक दूरी कायम गरेर सबैमा सचेतना र जागरुकता पैदा गर्न सक्दा मात्र कोरोना भाइरसलाई हामी सहज ढंगले परास्त गर्न सक्दछौं । त्यसैले यसका लागि तपाईहरुको सहयोगको अपेक्षा गरेको छु ।
हामी सबै मिलेर संघर्ष गरिरहेको अहिलेको अवस्थामा अझ थप सावधानी, उच्च सर्तकतता अपनाई उच्च मनोबलका साथ सबै अनुशासनहरुको पालना गरी सामाजिक दुरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कने र केही लक्षण र आशंकाहरु भए तत्काल स्वास्थ्य परिक्षण गर्ने र होम्क्वारेन्टाइनमा बस्ने, थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेसनमा बस्दा मात्र आफु आफ्नो परिवार र सबैलाई सुरक्षित गर्न सकिन्छ र सहजै कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ । यसका लागी म सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई बिनम्रतापुर्बक बिशेष अपील गर्न चाहन्छु ।
हाम्रो प्रदेशमा कोरोना संक्रमण देखा परेको छैन् तर हामी उच्च जोखिममा छौं । महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयासहरु केन्द्रित छन् । हामीहरु शुरुदेखि नै व्यवस्थित कार्ययोजना सहित कोरोना रोकथाम, नियन्त्रणमा क्रियाशिल छौं । हाम्रो प्रदेशमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनरस्थित कोशी अस्पतालबाट कोरोना परिक्षण भइरहेको कुरा समेत जानकारी गराउन चाहन्छु ।
हामीले द्रुत परीक्षण रयापिड डिटेक्सन टेस्ट च्म्त् विधिमार्फत हजारौंको नमुना परीक्षण गर्नका लागि काम शुरु गरेका छौ । जस अन्तर्गत २ सय ६३ जनाको परीक्षण समेत भइसकेको छ । यो सबै जिल्लामा दक्ष जनशक्ति सहित परिक्षण कार्य शुरु गरिएको कुरा अवगत गराउन चाहन्छु । हामीले कोरोना उपचारका लागि छुट्टै ७० बेडको अस्पताल समेत तयारी अवस्थामा राखेका छौं ।
हाम्रो प्रदेशमा पोलिमरेज चेन रियाक्सन एऋच् प्रविधिबाट २१२ जनाको परीक्षण गरिसकिएको छ । जसमा १९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीले सबै ठाउँमा उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु पठाएका छौं । पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट ‍(पीपीई) ६१५ सेट, क्ष्च् थर्मो्मिटर १२ थान, ३७ हजार ७ सय ७५ थान सर्जिकल मास्क र एन ९५ मास्क ७११ थान पठाएका छौं । अत्यावश्यक र अपुग स्वास्थ्य सामाग्रीहरुको प्रबन्ध गर्न सघीय सरकार, उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयसंग समन्वय भइरहेको र छिट्टै थप समाग्रीहरु पठाउने ब्यवस्था मिलाईनेछ ।
हाम्रो प्रदेशका २ सय ६१ ठाउँमा ४ हजार ४ सय ११ जनालाई राख्न सकिने गरी क्वारेन्टाईनहरु बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ५ सय ९० जनालाई राखिएको छ । ४८ ठाउँमा ४ सय ४६ जना राख्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ । अहिले आइसोलेशन वेडमा ७ जना उपचाररत हुनुहुन्छ । यसरी हामी संक्रमण फैलिन नदिन र फैलिएको अवस्थामा नियन्त्रण गर्ने पूर्ण तयारीमा रहेको यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
हामीले एकद्वार प्रणालीबाट सबै कार्य प्रगति विवरण लगायतका महत्वुपर्ण जानकारी र सुचनाहरु संप्रेषण गर्ने ब्यवस्था मिलाएका छौं । जस्को लागि मुख्यमन्त्री कार्यालयमा कोरोना इन्फरमेशन डेस्क स्थापना गरिएको छ । कुनैपनि समस्या भएमा उक्त डेस्कमा सम्पर्क गर्ने ब्यवस्था मिलाइएको छ । संगसंगै हामीले कोरोनासंग सम्बन्धित सबै सुचना, जानकारी र जनचेतनामुलक सामाग्रीहरु यस प्रदेशका सबै रेडियो टेलिभिजन र अनलाईनहरुलाई मार्फत संप्रेषण गर्ने ब्यवस्था मिलाएका छौ ।
हामीले कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियण्त्रण र उपचारका लागि प्रदेश नं कोरोना जनसुरक्षा कोष स्थापना गरेका छौ । कोषमा सरकारले १० करोड जम्मा गरेको छ भने मन्त्रिपरिषद, प्रदेशसभाका सभामुख, उपसभामुख, माननीय सदस्यहरु, बैक तथा बित्तिय संस्थाहरु, उधोगी, व्यवसायी लगायत बिभिन्न संघ संस्था र ब्यक्तिहरुबाट रकम जम्मा भएको जानकारी गराउन चाहन्छु । अहिले यो कोषमा १३ करोड ५ लाख जम्मा भएको छ ।
दाजुभाई तथा दिदीबहिनीहरु
हामी तिब्रतर विकासको गतिमा थियौं । कोरोना भाइरसका कारण हाम्रा विकास निर्माणका कार्यहरु रोकिएका छन् । गम्भिर रुपमा हाम्रो बार्षिक कार्यक्रम तथा बजेट कार्यन्वयनको काम प्रभावीत हुन पुगेको छ । पुँजीगत खर्च प्रगतिको हिसाबले हामी एकदमै सन्तोषजनक अवस्थमा थियौं । दोश्रो चौमासिकको समिक्षा गर्ने बेला हुदै गर्दा हाम्रो प्रगति करिब चालु तर्फ ३१ र पुँजीगत तर्फ ३५ प्रतिशतको हाराहारीमा थियो। अहिले तेश्रो र अन्तिम चौमासिकमा छौं सबै कामहरु प्रभावित भएका छन् । तथापी स्थानीय श्रमिकहरुको प्रयोग गरेर प्रदेश सकारद्वारा संचालित योजना आयोजनाहरुलाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको कुरा सबैमा अवगत गराउन चाहन्छु । हाम्रो देश कृषि प्रधान देश हो । देश लकडाउन भएको बेला पनि सामाजिक दूरी कायम गर्दै स्थानीय श्रमीक प्रयोग गरेर, कृषि कार्यलाई अगाढी बढाउन सकिनेछ । अहिले कतिपय बाली थन्काउने र नयाँ बाली लगाउने सिजन भएको हुनाले यी यस्ता कामहरु गर्न सकिने म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।
यो महामारीको समयमा स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिकाको म प्रशंसा गर्दछु । साथै आफ्नो तहमा संक्रमण फैलिन नदिन स्थानीय तहमा चालिएका कदम र प्रयासहरु प्रशंसनीय छन् । संगसंगै विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउन अहोरात्र खटिरहनु भएका तपाईहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । खासगरी यतिबेला यो लकडाउनका कारण अति बिपन्न गरिब र ज्यालादारी श्रमिकहरु सर्वा्धिक समस्यामा हुनुहुन्छ ।
उहाँहरुको लागि कुनै न कुनै रुपमा सहयोग त तपाईहरुले गरिरहनु भएको छ । यद्यपी उहाँहरुलाई प्रभावकारी ढंगले राहत सामाग्री उपलब्ध गराउन म विशेष आग्रह गर्दछु ।
स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियण्त्रण र उपचार संगसंगै मुख्य रुपमा राहत वितरणका लागि महानगरपालिकालाई २० लाख रुपैयाँ, उपमहानगरपालिकाहरुलाई १५ लाख रुपैयाँ, नगरपालिकाहरुलाई १० लाख र गाउँपालिकालाई ५ लाख गरी एकमुष्ट ९ करोड ५० लाख रुपैयाँ बजेट पठाउने व्यवस्था मिलाएको कुरा यसै संबोधन मार्फत अवगत गराउन चाहन्छु । त्यसै गरी जिल्लामा कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियण्त्रण र उपचार कार्यमा स्थानीय पालिकाहरु र स्थानीय प्रशासन संगको समन्वय र प्रभावकारी अनुगमन लगायतको भूमिकाको निम्ती प्रदेशका १४ वटै जिल्ला समन्वय समितिहरुलाई ५(५ लाखका दरले रु ७० लाख रुपैयाँ रकम पठाउने समेत ब्यवस्था मिलाइएको छ । यस भन्दा अगाडि प्रदेशका सबै सरकारी अस्पतालहरुलाई समेत ३ करोड रुपैयाँ बजेट निकासा गरिसकिएको जानकारी समेत गराउन चाहन्छु ।
त्यसै गरी कोरोना भाइरस बिरुद्वको यस अभियानमा अहोरात्र खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सबै जिल्ला सुरक्षा समितिहरुले खेलिरहेको भुमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ थप सक्रियता र प्रभावकारीतामा वृद्धि ल्याउनका लागी उपरोक्त सुरक्षा निकायहरुलाई १ करोड ६८ लाख रुपैयाँ निकासा गरिएको समेत जानकारी गराउन चाहन्छु ।
स्थानीय समुदाय, सामाजिक संघसंस्थाहरुले खेलेको भूमिका उल्लेखनीय छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारी साथीहरुको भुमिका र सक्रियता सराहनीय छ । तपाईहरुको भूमिकाले यो महामारीलाई नियन्त्रण गर्न हामीलाई सफलता मिलिरहेको छ । हामीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेका छौं ।
कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸एम्बुलेन्स चालक¸ निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना संक्रमित भइ मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदर स्वरुप प्रदेश सरकारको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत हामीले गरेका छौं ।
दाजुभाई तथा दिदीबहिनीहरु
कोरोना भाइरस रोकथाम नियन्त्र णमा प्रदेश प्रमुख ज्यूले नजिकबाट चासो राखिरहनु भएको छ । हामीलाइ साथ सहयोग सहित अभिभावकत्व दिइ रहनु भएको छ । म प्रदेश प्रमुख प्रति आभार ब्यक्त गर्दछु । प्रदेश सभा समेत अहिले लकडाउनबाट प्रभावित भएको छ । प्रदेशसभाबाट पारित हुनुपर्ने थुप्रै बिधेयक लगायत प्रदेशको नामांकन तोक्ने कुरा समेत लकडाउनका कारण स्थगन भएको छ । जे होस यतिबेला हामी सम्पुर्ण रुपमा यस कोभिड(१९ महामारी संगै सबै एक ढिक्का भएर जुध्नु परेको छ । यस्तो अवस्थामा माननीय सदस्यहरुले आफ्नो पारिश्रमिकको रकम सरकारले खडा गरेको कोषमा जम्मा गर्दै आ(आफ्नो क्षेत्रमा खटिरहनु भएको छ । म यहाँहरुको भूमिका र योगदानको प्रशंसा गर्न चाहन्छु । म सबै माननीय सदस्यहरुलाई बडो सक्रियतापुर्बक आ(आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय तह लगायत सबै पक्षसंग समन्वय गर्दै कोरोना रोकथाम, नियन्त्रनण र उपचारका अतिरिक्त राहत बितरण कार्यहरुमा प्रत्यक्ष उपस्थित भएर नेतृत्वदायी भुमिका खेल्न र अनुगमनको कार्य गर्नका लागि म आग्रह गर्दछु ।
हामी संगै यस प्रदेशका सबै राजनीतिक दलहरु कोरोना बिरुद्वको अभियानमा हुनुहुन्छ । दलहरु बीचको एकता र सहकार्य हाम्रो प्रदेशकै लागि अनुपम र उदाहरणीय छ । यसरी यतिबेला प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुट्नु भएको छ । यसले महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको छ । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।
दाजुभाइ तथा दिदीवहिनीहरु
यस्तो महामारीका बेला संचार माध्यमहरुको भुमिका असाध्यै नै महत्वपुर्ण हुन्छ । सबै नागरिकहरुले कुनै सुचना वा जानकारीहरु संचार माध्यमहरुबाटै लिने हो, प्राप्त गर्ने हो । यस्तो घडीमा सही सुचना र जानाकारीको आवश्यकता पर्दछ । यस प्रदेशका र केन्द्रिय संचार माध्यमहरुबाट भइरहेको कोरोना बिरुद्वको अभियानमा प्रदेश सरकारले बनाएका योजनाहरु, गरिरहेका कार्यहरु, चालेका कदम र प्रयासहरुलाई आम नागरिकमा संप्रेषण गरेर तपाईहरुले खेलिरहनु भएको भुमिकाको म प्रशंसा गर्न चाह्नछु । नागरिकलाई सही परामर्शको, सही सुचना र जानकारीको यतिबेला खाँचो छ त्यो खाँचोमा संचार माध्यमहरुको भुमिका अझ राम्रो हुन सकोस् । सही, सत्य, सूचना र सन्देश प्रवाहका लागि म सबै टेलिभिजन, रेडियो र अनलाइन मिडियाहरुलाई विशेष आग्रह गर्दछु । कुनै पनि संचार माध्यम वा सामाजिक संजालको दुरुपयोग गर्दै मानबका लागि आइपरेको महामारीको बेला जनतामा र समाजलाई दिग्भ्रमित गर्ने कार्य कोही कसैबाट नहोस म सबैलाई आग्रह गर्दछु ।
अन्त्यमा, यो लकडाउनको निरन्तर पूर्ण पालना गरी साथ र सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछु । जारी रहने लकडाउनको पूर्ण रुपले पालना गर्नुहुने बिश्वास लिएको छु । अहिलेको समयमा सामाजिक दूरी सबैभन्दा उपयुक्त विकल्प हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । लकडाउन जतिसुकै कष्टकर भए पनि हरतरहले सफल पार्न र हामी सुरक्षित हुनु एक मात्र अचुक हतियार हो लकडाउन । यसैले यस महामारीको विरुद्ध धैर्य र साहस प्रदर्शन गरौं । यस कोभिड(१९ लाई सजिलै पराजित गर्न सकिने छ । जो जहाँ छौं त्यही सुरक्षित रहौं । यो लडाई हामी अवश्य जित्नेछौं । धन्यवाद ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’
FEATURE BREAKING

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार...

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार...

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३
विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

असार २८, २०८३
रुद्राक्षको राजधानी दिङ्ला बजार

रुद्राक्षको राजधानी दिङ्ला बजार

असार २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

असार २८, २०८३
मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    416 shares
    Share 166 Tweet 104
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.