धरान : केही दिन अगाडि भारतबाट धरान आएका तरकारी ब्यापारीको कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
उनको सोमबार थ्रोट स्वाब लिईएको थियो ।
मंगलबार उनको रिपोर्ट कोरोना नभएको आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।
यसैबीच धरान उपमहानगरपालिकाले मंगलबार (आज) धरान १७ मा एक विदेशी नागरिकसहित विदेशबाट आएका २१ जनामा कोरोनाको र्यापिड टेष्ट गरेको छ ।
उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
Discussion about this post