इटहरी : लामो समय अगाडिबाट बिरामी भएर थला परेकी एक किशोरीको इटहरीमा रहेको बेदान्त हस्पिटलले निःशुल्क उपचार गरेको छ ।
इटहरी ३ तालतलैया पुराण चौककी १६ बर्षीया किशोरी अन्जना वि.क लामो समयदेखि बिरामी परेर थला परेकी थिइन् । खुट्टा सुन्निने र हिड्नै नहुँने भएकाले थलिएकी उनको बेदान्त हस्पिटलले निःशुल्क उपचार गरेको हो । उनका बाबुआमा सामान्य मजदूर गर्ने गरेका रहेछन्, बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले टाकुरासँग भने, यसअघि उपचार गराएको भएपनि सामान्य बेण्डिज मात्र गरिएको रहेछ । उनले तालतलैयाको चौकीबाट फोन आएपछि आँफूले निःशुल्क औषधी उपचार गरेको बताए ।
डा. आदर्श झा र डा. इमेज दाहालको टिमले ती किशोरीको स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा खुट्टाको घुँडाको सम्भावित मेनिस्कस इन्जुरी पाइएको छ ।
श्रेष्ठका अनुसार उनको स्वास्थ्य परीक्षणपछि १५ दिनको औषधी दिएर पठाईएको छ । १५ दिनसम्म पनि समस्या जस्ताको तस्तै रहेमा एमआरआई गर्नुपर्ने उनको भनाई छ ।
अहिले कोरोना भाइरसका कारण मुलुकमा लकडाउन रहेको भएपनि कोही मानिस पनि स्वास्थ्य समस्याबाट ग्रसित हुन नपर्ने भन्दै बेदान्त हस्पिटलले सेवा प्रदान गर्दै आएको छ ।
एमाले विराटनगरमा विनोद ढकाल समूहको प्यानलै निर्वाचित
इटहरी : नेकपा (एमाले) विराटनगर महानगर कमिटीमा इतर पक्षको समूह नै निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न महानगर समितिको...
Discussion about this post