इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका विभिन्न मस्जिदमा आश्रित मानिसहरुलाई खाली गराएको छ ।
विभिन्न मस्जिदमा आश्रय लिएर बसेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई मस्जिदबाट प्रहरीले हटाउन थालेको हो । उनीहरुलाई बिभिन्न स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी बिनोद शर्माका अनुसार सुनसरीका विभिन्न स्थानमा आश्रय लिएर बसेका उनीहरुको र्यापिड टेष्ट गरिएपछि क्वारेन्टाइनमा पठाईएको छ । टेष्टमा सबैको रिर्पोट नेगेटिभ आएको शर्माले जानकारी दिए ।
उनका अनुसार मस्जिदमा रहेका सवै विदेशी नागरिकको स्वाव परीक्षणका लागि धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरी अस्पतालमा लगिएको थियो । सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिक सहित बंगालीहरु बस्दै आएकाले उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको प्रहरीले जनाएको छ ।
सुनसरीमा रहेका ८१ वटा मस्जिदमा प्रशासनले लुकीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत आग्रह गरेको छ ।
एमाले विराटनगरमा विनोद ढकाल समूहको प्यानलै निर्वाचित
इटहरी : नेकपा (एमाले) विराटनगर महानगर कमिटीमा इतर पक्षको समूह नै निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न महानगर समितिको...
Discussion about this post