इटहरी : उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितसँगै विराटनगर पठाइएका ४ जनालाई मोरङको टाडीमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।
उदयपुरको मस्जिदमा बस्दै आएका १६ जना मध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर, उदयपुरको स्थानीय प्रशासनले भने १६ जनालाई नै विराटनगर पठाएको थियो ।
कोरोना विषेश अस्पतालले अन्य ४ जनालाई भर्ना गर्न नमानेपछि शुक्रबार राती नै ती ४ जनालाई क्वारेन्टाइनमा पठाईएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । चिकित्सकहरुले कोरोना नदेखिएकाहरुलाई भर्ना नगर्ने बताएसँगै उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको पहाडीको भनाई छ ।
सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
किमाथाङ्का : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको...












Discussion about this post