इटहरी : आफ्नो जन्मदिनको अवसर पारेर इटहरीस्थित बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले इटहरी २ मा अवस्थित माया घरलाई सहयोग गरेका छन् ।
उनले आज (शनिबार) आफ्नो जन्मदिनको अवसर पारेर माया घरमा आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । उनले माया घरमा आश्रित मानिसहरुका लागि आवश्यक प्याड, सेनिटाइजर, मास्क, पञ्जा लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी महिनामा एक दिन यहाँ आश्रित सबै मानिसहरुको स्वास्थ्य जाँच गरी निःशुल्क औषधी समेत उपलब्ध गराउँने उनको भनाई थियो ।
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...
















Discussion about this post