धरान : धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण भए नभएको फाइनल रिर्पोट पुनः परी क्षण (क्रस भेरीफिकेसन) हुने भएको छ । यो सँगै प्रदेश १ र २ लगायतका स्थानबाट पुनः भेरीफिकेसन गर्न अब काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलन मार्फत पुनः परीक्षण गर्नका लागि काठमाण्डौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नै आउँनु पर्ने बाध्यता नहुने जनाएको हो । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालले नै अब पुनः परीक्षण गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको एक मस्जिदमा बसोबास गर्नेहरुको र्यापिड टेष्ट गर्दा ८ जनामा कोरोना संक्रमण भएको रिर्पोट आएको थियो । सो मस्जिदमा रहेका १६ जनाकै स्वाब संकलन गरी कोशी अञ्चल अस्पतालमा पुनः परीक्षण गरिएको थियो । कोशी अञ्चल अस्पतालमा पनि रिर्पोट पोजेटिभ आएपछि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले बिहीबार रातारात ‘क्रस भेरिसिफेसन’ का लागि टेकु पठाएको थियो ।
उदयपुरमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट संगमचोकबाट...
Discussion about this post