इटहरी : पछिल्लो समय प्रबिधिको माध्यमबाट बिश्वलाइ नै नजिकबाट नियाल्ने अवसर सृजना भइरहेको छ । यसैबीच नेपाल बिद्यार्थी संघको ५१ औँ स्थापना दिवसको अवसरमा जुम एप्सको माध्यमबाट बिद्यार्थी नेताहरुले देशमा भइरहेको विषम परिस्थितिलाई कसरी समाधान गर्ने भन्ने बिषयमा बहस गरेका छन् ।
नेविसंघ सुनसरी सभापति मन्दिप भट्टराईले अहिले देशमा भइरहेको समस्यालाई समाधान गर्नका लागि आफूहरुले जुम एप्समार्फत बहस सँगै नेविसंघको स्थापना दिवसको शुभकामना आदानप्रदान गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाली कंग्रेसका प्रख्यात वक्ता गगन थापा, गुरुराज घिमिरे, कल्याण गुरुङ, नेविसंघ सभापति राजिव ढुङ्गाना, अन्य नेताहरु दीपक भट्टराई, हेमकर्ण पौडेल, विकास के.सि. लगायतले शुभकामना दिएका थिए । उनीहरुले निम्न बर्गका मानिसहरुको पक्षमा लाग्न समेत अपिल गरेको भट्टराईले बताए ।
उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी
इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार...



















Discussion about this post