तरहरा : सुनसरीको इटहरी २० तरहराको चारकोशे जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् ।
तरहरा प्रहरी चौकीका अनुसार तरहराको चारकोशे झाडीमा ११ जना भारतीय नागरिक भेटिएका हुन् ।
फेला परेका विदेशी नागरिक सबै भारतका मुस्लिम समुदायका रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तरहराको खोटो कम्पनी छेउमा करीब एक महिनादेखि बस्दै आएका थिए ।
उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको प्रहरीले बताएको छ । उनीहरुको र्यापिट टेष्ट गरी क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...












Discussion about this post