इटहरी (डेस्क) : उदयपुरको त्रियूगा नगरपालिका – ३ भुल्केका थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको शंका गरिएको छ । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ आएको कोसी अस्पताल स्रोतले जनाएको छ ।
कोसी अस्पतालमा पोजेटिभ आएपछि भेरिफिकेसन गर्नका लागि थप परीक्षण गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईँदै छ । गत शुक्रबार मात्रै सोही ठाउँका १२ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट नै पुनः सोही ठाउँका एकजनामा कोरोना देखिएको थियो । अहिले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान ल्याईँदैछ । आइतबार ६९ जनाको परीक्षण गर्दा १८ जनाको नेगेटिभ रिपोर्ट आएको थियो । आज ती मध्ये ८ जनाको पोजेटिभ रिपोर्ट आएसँगै उनीहरुलाई धरान ल्याईँदैछ ।
कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?
इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...














Discussion about this post