इनरुवा : सुनसरीमा सोमबार राती र मंगलबार दिनभर आएको हावाहुरी र वर्षाले मकैं र गहुँबालीमा क्षती पुगेको छ । बालीमा क्षती भएपछि यहाँका किसान चिन्तित बनेका छन् ।
राती ११ बजेबाट आएको हावाहुरी र असिना पानी सहितको वर्षाले पुर्याएको क्षतीले किसान मार्कामा परेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा लगाइएको मकै उत्पादन हुनै लागेको बेला रातीको हावाहुरी र असिना पानीले किसानको सयौँ बिगाहाको मकै लगायत अन्न र तरकारी बाली नष्ट भएको छ ।
क्षतीको यकिन तथ्याङ्गक नभएपनि करोडौँको क्षती भएको अनुमान गरिएको छ । सदरमुकाम इनरुवाको बबिया, मधेशा, बलाहा, हरिनगर गाउँपालिका, देवानगञ्ज, वर्जु, कोशी, भोक्राहा नरसिंह, गढी सहितको गाउँपालिकामा लगाएको मकैं र गहुँ बालीमा बढी क्षती भएको किसान रामदेव मेहताले बताए ।
किसानहरुको सयौ बिगाहाको मकै, गहुँ लगायतको अन्न र तरकारी बालीमा हावाहुरी र असिनाले नष्ट गरपछि आफूहरु मर्कामा परेका किसान दिपेन्द्र यादवको भनाई रहेको छ । चिचिला लाग्दै गरेका आँप समेत क्षती भएको उनले बताए ।
यदुवशीं बहुउदेश्य कृषक समूहका अध्यक्ष जसलाल यादवका अनुसार उत्पादन हुन लागेको आफ्नो दुई विगाहा २ कट्ठाको मकै सहित समूहका अन्यहरुको समेत गरी मकै हावाहुरीले सखाप बनाएको गुनासो गरे ।
जेनजी आन्दोलनमा तोडफोड गर्ने श्रीमान–श्रीमती पक्राउ
झापा : जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ...













Discussion about this post