इटहरी : अहिले सरकारले ल्याएको अध्यादेशको बिरुद्धमा नेपाल विद्यार्थी संघले भोलि शुक्रबार देशैभरी सांकेतिक बिरोध प्रदर्शन गर्ने भएको छ ।
नेविसंघका सभापति राजीब ढुंगानाले आज एक विज्ञप्ती जारी गर्दै अध्यादेश ल्याएर सरकारले निरंकुश शासन गर्न खोजेकाले यसको बिरुद्धमा आँफूहरुले शुक्रबार सांकेतिक बिरोध गर्ने बताईएको छ । विज्ञप्तीमा भनिएको छ– लोकतन्त्रका निम्ति घातक २ वटै अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिन वैशाख १२ गते विहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थानहरुमा सांकेतिक बिरोध प्रदर्शनको निम्ति आह्वान गर्दछौँ ।
बिषम् परिस्थितिमा सरकारले राजनैतिक दलहरु फुटाएर अस्थिरता सृजना गर्न खोजिएको ढुंगानाको आरोप छ ।













Discussion about this post