इटहरी : मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
२०७६ साल माघ १५ गते राती जबरजस्ती सामुहिक करणी गरेको आरोपमा बैशाख १० गते चार जना पक्राउ परेका हुन् । अर्का आरोपित एकजना फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा २ जना १६ बर्षीय बालक सहित बुढीगंगा–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राई छन् । बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post