धरान : धरानमा कोठाभाडामा बस्ने पूर्वका विभिन्न ठाउँका ३८ जना विद्यार्थीहरुको महेन्द्र बहुमुखी क्याम्पसले उद्दार गरेको छ ।
शनिबार विहान धरानमा बसेर महेन्द्र तथा हात्तिसार क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई बसमार्फत घरसम्म पुर्याउने व्यवस्था गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसका स्ववियू सचिव दोर्ची शेर्पाको नेतृत्वमा मोरङ र झापाका विद्यार्थीहरुलाई घरसम्म पुर्याउने व्यवस्था गरिएको हो ।
कोरोना भाइरसका कारण समस्यामा परेका ३८ जनाको उद्धार गरिएको शेर्पाले बताए ।
एक महिना बितिसक्दा पनि लकडाउन नखुलेपछि धरानमा बसेर अध्ययन गर्ने विद्यार्थीको माग अनुसार बसमार्फत उनीहरुको घरसम्म पुर्याउने व्यवस्था गरिएको स्ववियू सभापति सागर सरगम चेम्जोङले बताए । ‘हामीले महेन्द्र क्याम्पसको आयोजना तथा हात्तिसार क्याम्पसको समन्वयमा विद्यार्थीहरुलाई उद्दार गर्ने कार्य गरेका हौ’ उनले टाकुरान्यूजसँग भने, ‘डेरा गरी बस्ने विद्यार्थीलाई यसरी उद्दार गर्नु परेको यो पहिलो पटक हो ।’ उनले लकडाउन अवधिभर धरानमा डेरा गरि बस्ने विद्यार्थीहरुलाई राहत वितरण तथा उद्दार गर्ने कार्य जारी रहने बताए ।
कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ
इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...



















Discussion about this post