इटहरी : इटहरीको रौता टेक्निकल कलेजले इटहरी २ मा रहेको माया घरलाई आवश्यक खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।
कलेजकी प्रबन्ध निर्देशक कृष्टिना थापाका अनुसार माया घरलाई आवश्यक खाद्य सामाग्री चामल, दाल तथा अन्य खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । यहाँ खाद्य सामाग्रीको अभाव नहोस् भन्नका लागि हामीले केही खाद्य सामाग्री हस्तान्तरण गरेका हौँ, उनले भनिन्, अहिले लकडाउनका कारण विपन्न मानिसहरुको बिचल्ली नहोस् भन्नका लागि पनि हामीले सहयोग गरेका हौँ । माया घरमा करीब ४ दर्जन बढी मानिसहरु आश्रित रहेका छन् ।
यसैबीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले माया घरलाई आवश्यक पर्ने मास्क, पञ्जा र सेनिटाइजर उपलब्ध गराएका छन् ।
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...












Discussion about this post