धरान : सुनसरीको धरानबाट दुईजना व्यक्ति दुई थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानले २ थान बन्दुकसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंंह लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा कोठाभाडामा बस्दै आएका १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बन्दुक र गोली, म्याग्जिन, राइफलसहित प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा धरान ११ स्थित सुचिम राईको घरको तलासी लिदा डेरा गरी बस्ने प्रक्षितजंग क्षेत्रीको कोठाबाट मेडइन क्यानाडा लेखिएको १२ बोरको बन्दुक भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट मुलुकी अपराध संहिता ऐन, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा म्याद थप गरी अनुन्धान गरेको धरान प्रहरीले जनाएको छ ।
६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...













Discussion about this post