धनकुटाबाट हिड्दै सुनसरी आइपुगेका ७ जना भारतीय नागरिकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी विनोद शर्माका अनुसार उनीहरु लुकिछिपि हिँड्दै भारत प्रवेश गर्ने लागेको अबस्थामा सुनसरी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरु हिड्दै सुनसरीको लौकही नजिक पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको शर्माले जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला अस्पताल इनरुवामा चेकजाँच पछि इटहरीको क्वारेन्टाइनमा ल्याईएको छ ।
उनीहरु मजदुर भएको र भारत सुपोल घर बताउँनेहरुलाई नियन्त्रणमा लिएर क्यारेन्टाइनमा बस्न इटहरी पठाईएको उनले बताए ।
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...












Discussion about this post