इटहरीको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्नेको संख्या बृद्धि हुँदै गएको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार एक सय बेड क्षमताको क्वारेन्टाइनमा हाल ८१ जना नागरिक बसोबास गर्दै आएका छन् ।
उनीहरुमध्ये ७८ जना पुरुष र तीनजना महिला रहेको गौतमले बताईन् । ‘६० जना भारतीय नागरिक, ७ जना पाकिस्तानी नागरिक सहित अन्य १४ जना नेपाली नागरिक रहनुभएको छ,’ गौतमले टाकुरासँग भनिन्, ‘उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनका अनुसार इटहरीबाटै अब स्वाब परीक्षण पनि लिन थालिएको छ । इटहरीमै पहिलोपटक क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिई कोसी अस्पताल विराटनगरमा पठाईएको छ । ‘हाम्रोमा ल्याब नभएका कारण रिपोर्टका लागि समस्या भएको हो,’ उनले भनिन्, ‘हाम्रो प्राविधिक चैँ रहेको छ, अब परीक्षणका लागि सहज हुनेछ ।’
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...












Discussion about this post