गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बैठकमै गाउँपालिककी उपाध्यक्षलाई ‘नक्कली उपाध्यक्ष’ भनेर दुर्व्यवहार गरेका छन् ।
जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायालाई प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले नक्कली उपाध्यक्ष भनेपछि जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएको छ ।
बैठक चलिरहेका बेला नक्कली, अनपढ लगायत अश्लील शब्दको प्रयोग गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा र नेकपा जुम्लाका जिल्ला कमिटी सदस्य अम्मरबहादुर शाहीविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेको उपाध्यक्ष रोकायाले बताइन्।
जुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले उजुरी दर्ता भइसकेको र घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालिसकेको बताए।
तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु
इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको चारकोसे जंगलमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ३ः३५...
Discussion about this post