गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बैठकमै गाउँपालिककी उपाध्यक्षलाई ‘नक्कली उपाध्यक्ष’ भनेर दुर्व्यवहार गरेका छन् ।
जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायालाई प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले नक्कली उपाध्यक्ष भनेपछि जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएको छ ।
बैठक चलिरहेका बेला नक्कली, अनपढ लगायत अश्लील शब्दको प्रयोग गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा र नेकपा जुम्लाका जिल्ला कमिटी सदस्य अम्मरबहादुर शाहीविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेको उपाध्यक्ष रोकायाले बताइन्।
जुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले उजुरी दर्ता भइसकेको र घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालिसकेको बताए।
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...














Discussion about this post