सुनसरीमा केहि दिन देखि औषधी पसल बाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरिएको थियो।
तर, इटहरी उपमहानगरपालिकाले भने आज बुधबारबाट यहाँका खाद्यान्न पसल खोल्ने निर्णय गरेसँगै यहाँका विभिन्न पसलहरुमा भीँड भएको पाईएको छ ।
छिमेकी सहरहरु धरान, झुम्का, इनरुवा, दुहवी लगायतमा भने अत्यावश्यक खाद्यान्नका पसलहरु पनि बन्द रहेका छन् ।
इटहरी सरकारले भने आजदेखि विहान ७ बजे देखि १० बजे सम्म अत्याश्यक खाद्यन्न पसल, तरकारी पसल खुल्ला गर्ने निर्णय गरेसँगै इटहरीमा लकडाउनको ब्यापक उल्लंघन भएको हो ।
इटहरीको बुधबारे बजार लाग्ने ठाउँमा सर्वसाधरणहरुको अत्यधिन भीँड देखिन्थ्यो । लकडाउनको समयमा यस्तो भीँड देखिएसँगै स्थानीयबासी त्रसित छन् ।
Discussion about this post